काठमाडौँ: शून्य संख्यामा झरेको कोभिड -१९ का संक्रमित पुनः बढ्न थालेका छन्। पछिल्लो एक हप्तायता मात्रै काठमाडौँ उपत्यकामा दर्जनभन्दा ब...
चितवन : भरतपुर अस्पताल मंगलबारबाट विशिष्ट विशेषज्ञ अस्पतालका रूपमा स्तरोन्नति भएको छ। अब यो अस्पताल संघीय सरकार मातहात रहने भएको छ। उपत्यका बाहिरकै धेरै विरामीले उपचार सेवा लिने सरकारी अस्पताल भरतपुर अस्पताल स्तरोन्नति भएसँगै अब संघीय सरकार मातहत रहने भएको हो।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले आज अस्पताललाई पत्राचार गरी स्तरोन्नति वारे जानकारी गराएको हो। मन्त्रीपरिषदको फागुन ३ गतेको निर्णय अनुसार भरतपुर अस्पताललाई भरतपुर बिशिष्ट विशेषज्ञ अस्पतालका रुपमा नामाकरण गरी सोही बमोजिम कार्यान्वयन गर्नु भनी पत्रमा उल्लेख गरिएको छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर कृष्णप्रसाद पौडेलले अस्पतालको स्तरोन्नति भएकोमा खुसी व्यक्त गरेका छन्। अब अस्पतालमा विभिन्न रोगका विशेषज्ञ सहितका चिकित्सकहरु र सेवासुविधाहरू क्रमश वृद्धि हुँदै जाने डाक्टर पौडेलले बताए। डा पौडेलले पहाडी क्षेत्रका चेपाङदेखि नदी किनारमा बसोबास गर्ने बोटे समुदाय लगायत सवैको पहुँचमा रहेको भरतपुर अस्पतालको स्तरोन्नतिले मेडिकल सिटिको अवधारणालाई पनि टेवा पुग्ने विश्वास व्यक्त गरे।
जिल्लाका राजनीतिक दल आम सरोकार पक्ष सवैको निक्कै मिहिनेतका साथ स्तरोन्नति हुन सफल भएको डा पौडेलको भनाई छ। स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गएको भदौ अन्तिम साता अस्पतालको अवलोगन गरेका थिए। भरतपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष खिमलाल भण्डारीले संघीय सरकार मातहत रहने भएसँगै सेवा सुविधा पनि बढ्ने बताए।
भण्डारीले चितवनमै केन्द्रीयस्तरको उपचार सेवा उपलव्ध हुँदा चितवन लगायत विभिन्न जिल्लाका सेवाग्राही लाभान्वित हुने भन्दै खुसी व्यक्त गरेका छन्। विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति हुँदा जति खुसी छौँ, गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन पनि उत्तिकै चुनौति रहेको अध्यक्ष भण्डारीको भनाई छ।भण्डारीले अब चाँडै अस्पताल सञ्चालन समितिको बैठक बसेर विभिन्न समस्या समाधान र आगामी योजनाका बारेमा निर्णय गरिने जानकारी दिए।
अस्पतालमा गोरखा, नवलपुर, नवलपरासी, धादिङ, मक्वानपुर लगायत विभिन्न जिल्लाका विरामीले उपचार सेवा लिँदै आएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए। हाल अस्पतालमा सरकारले उपलव्ध गराएको १५० वेड र विकास समिति मार्फत ४५० वटा वेड गरी ५५० बेड सञ्चालमा रहेको छ। अस्पतालमा अहिले ७७ जना चिकित्सकसहित कूल ७१२ जना कर्मचारी कार्यरत छन्। १८२ जनाको दरबन्दी भए पनि सरकारले भने १३५ जना मात्रै पठाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।