समाज

बागलुङमा जिप दुर्घटना, दुईको मृत्यु

फागुन ७, २०७५

    बागलुङ : जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।  ध १ ज ७९१ नम्बरको पिकअप भ्यान छिस्तीको रापुङ्गभिरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी चौकी वेलवरगरले जनाएको छ।

    शवको पहिचान भने भइसकेको छैन। जीपमा करिव २५–३० जना यात्रु रहेको प्रहरी चौकी बेलवगरका प्रहरी जवान शंखर थापा क्षेत्रीले जानकारी दिए। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

    निकै भिरालो जमिनमा दुर्घटना भएकाले उद्दारमा समेत समस्या भएको क्षेत्रीले बताए।  छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी अभिभावक सवार पिक अप भ्यान दुर्घटनामा परेको जैमिनी नगरपालिकाका उपप्रमुख लिला रानाले बताए।

    सडकदेखि करिव ७ सय मिटर तल खसेको जीपमा के कति मानवीय क्षति भयो भन्ने एकिन हुन सकेको छैन। रात परेका कारण उद्धारमा प्रहरीले जनाएको छ। उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोलीसमेत पठाई सकिएको प्रहरीले जनाएको छ। अफ्ठेरो भीरमा दुर्घटना भएकाले मृतकको संख्या बढ्न सक्ने स्थानीयले बताएका छन्।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]