छापा

११ हजार नायब सुब्बा र खरिदारको समायोजन

फागुन ८, २०७५

    काठमाडौं : सरकारले ११ हजार ८३ जना नायब सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ।

    नेपाल समाचारपत्रमा समाचार छ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म नायब सुब्बा र खरिदार गरी ११ हजार ८३ जनाको सूची सार्वजनिक गरेको हो। त्यसमध्ये ६ हजार चार सय ७७ नायब सुब्बा र ४ हजार ६ सय ६ खरिदार छन्।

    समायोजन भएका नायव सुब्बा मध्ये सामान्य प्रशासनतर्फ पाँच हजार आठ सय दुई जना छन् भने राजस्व तर्फ ६७५ जना छन्। त्यसमध्ये सामान्य प्रशासनतर्फ तीन हजार तीन सय १० जनाले संघ, एक हजार एक सय ५९ जनाले प्रदेश र एक हजार तीन सय ३३ जनाले स्थानीय तह रोजेका छन्।

    त्यस्तै समायोजन भएका प्रशासन सेवा सामान्य प्रशासन समूहका चार हजार ६ सय ६ जना खरिदारमध्ये संघमा तीन हजार एक सय १४, प्रदेशमा तीन सय ७८ र एक हजार एक सय १४ जनाले स्थानीय तह रोजेका छन्।

    संघमा समायोजन भएका स्थानीय तथा प्रदेश तहमा कार्यरत कर्मचारीलाई तत्काल रमाना नदिइने भएको छ। संघमा समायोजन भए पनि तत्काल रमाना नदिइने मन्त्रालयले जनाएको छ। तर प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीको हकमा भने यो व्यवस्था लागू हुने छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]