राजनीति

सदूरपश्चिम प्रदेशसभामा आज प्रधानमन्त्री ओलीको सम्बोधन, प्रचण्ड धनगढीमै

फागुन ८, २०७५

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै छन्। 

    बुधबार बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले प्रदेश १, २, ३, गण्डकी र ५ प्रदेशको प्रदेशसभा बैठकलाई यसअघि नै सम्बोधन गरिसकेका छन्।

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बिहान ११ पार्टीको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले  जानकारी दिए।

    नेकपाको विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, भीम रावल, लेखराज भट्टलगायतका नेताहरू धनगढी पुगिसकेका छन्।  भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र ऊर्जा मन्त्री वर्षमान पुन पनि धनगढी पुगेका छन्। सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार त्यसतर्फ गएका प्रधानमन्त्री ओली बुधबार साँझ काठमाडौं फर्किने छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]