अर्थ

आपूर्ति नै बन्द गरेर आन्दोलन गर्ने ग्यास उद्योगीको चेतावनी

फाइल फाेटाे
फागुन ८, २०७५

    काठमाडौं : ग्यास उद्योगी पुन: सेवा बन्द गर्ने चेतावनी दिएको छ। अत्यावश्यक क सेवा ऐनले ग्यास उद्योगीलाई आन्दोलनको वा सेवा बन्द गर्ने छुट नदिए पनि आफ्ना माग पूरा गर्नको लागि सेवा बन्द गर्ने चेतावनी ग्यास उद्योगीले दिएका छन्। 

    बुधवार एक साताको समय दिएर त्यो समयमा आफ्ना विगतदेखिका माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिएका हुन्।  २०७३ सालदेखि राख्दै आएका १० बुँदे माग पूरा नभए ग्यास बोटलिङ प्लान्ट बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम उद्योगीले घोषणा गरेका छन्।

    १७  फागुनदेखि ग्यासको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) खरिद नगर्ने,  फागुनदेखि  भारतबाटै ग्यास उठाउन बन्द गर्ने, २५ फागुनदेखि भन्सार नाकाबाट ग्यास बुलेट नछुटाउने, २८ फागुनदेखि सबै ग्यास उद्योग बन्द गर्ने र ३० फागुनदेखि ग्यास बिक्रेताबाट ग्यास बिक्री गर्ने हडतालका कार्यक्रम घोषणा गर्ने नेपाल एलपी ग्यास उद्योग संघका महासचिव दिवानन्द चन्दले  बताए। 

    ग्यास उद्योगीले सञ्चालन खर्चको कम्तिमा पाँच प्रतिशत नाफा सुनिश्चितता गर्न, नेपाली नम्बर प्लेटका ग्यास बुलेट सञ्चालन गर्न लगायतका माग गरेका छन्। त्यस्तै ग्यासको कोटा वृद्धि गर्नु पर्ने माग पनि संघको रहेको छ। 

    संघका अध्यक्ष गोकुल भण्डारीले बाध्यत्मक अवस्था आएको कारण आन्दोलन गर्नु परेको बताए। 'पाँच वर्षदेखि हामीले आफ्ना माग राख्दै आयौँ सरकारले प्रतिबद्धता जनायो तर पूरा गरेर' अध्यक्ष भण्डारीले भने  'यो आन्दोलन बाध्यत्मक हो।'
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]