काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
काठमाडौं : 'अतिथि देवो भवः' नेपालीको पहिचान नै हो। घरमा आउने पाहुनालाई हामी हृदयदेखि नै स्वागत गर्छौं। यो पारिवारिकसँगै राजनीतिक क्षेत्रमा पनि लागू हुन्छ।
अन्य क्षेत्रमा भन्दा राजनीतिक क्षेत्रको स्वागत अलि भड्किलो हुने गर्छ। सायद नेतृत्वलाई आफूतर्फ आकर्षित गर्न र लाभ लिन हुन सक्छ। पार्टीका शीर्ष नेताहरूलाई समीपमा पाउँदा कार्यकर्ता र कार्यक्रम आयोजकले हजारौं खर्चेर सयौं किलोको फूलको मालाले नै स्वागत गर्ने गर्दछन्।
विभिन्न कामको शिलशिलामा आउने अतिथिहरूलाई स्वागत गर्नु अस्वाभाविक होइन। तर, लाखौं खर्चेर गरिने स्वागतले नागरिकमाथि अन्याय भएको छभन्दा दुई मत नहोला। कतिपयलाई यसरी गरिएको स्वागत मन पर्दैन। यसरी गरिने स्वागत मन नपराउनेमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पनि एक हुन्।
उनले पार्टी सभापति शेरबहादुर देउवालाई सिमरामा १ सय ५१ किलो फूलको मालाले स्वागत गरेको समाचारलाई रि-ट्विट गर्दै स्वागतप्रति असहमति जनाएका हुन्। उनले भनेका छन्-‘केवल एक फूल दिनोस् या केवल एक मुस्कानसाथ हृदयले स्वागत गर्नोस्! आलोचनामा गालीको भारी या सम्मानमा फूलको भारी दुवै गलत छन्! देउवा, पौडेल, कोइराला, प्रचण्ड, ओली या जिल्लामा आउने अरू जो कोहि अगुवा हुन्।’
शीर्ष नेतृत्वलाई स्वागत गर्न कार्यकर्ताबीच तछाड-मछान नै हुने गर्छ। यस्तो प्रवृत्तिको विरोध गर्नु स्वाभाविक नै हो। कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई बाराको सिमरामा मंगलबार एक सय ५१ किलोको माला लगाएर स्वागत गरियो। देउवालाई नेपाली कांग्रेस जीतपुरसिमरा नगर समितिले एक सय ५१ किलोको माला लगाएको हो।
यस्तै, केही दिनअघि कांग्रेसका कोइराला थरका नेताहरूलाई पनि यसरी नै स्वागत गरिएको थियो। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइरालाको स्मरणमा स्थापित ‘जिपी कोइराला फाउन्डेशन’को शाखा वीरगंजमा शाखा उद्घाटनमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई एक सय २१ किलो फूलको मालाले स्वागत गरिएको हो।
स्वं. कोइरालाकी छोरी तथा फाउन्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइराला, कांग्रेस महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइरालाई स्थानीय कांग्रेस नेताहरूले उक्त माला लगाई स्वागत गरे। राजनीतिक दलमा आर्थिक पारदर्शिताको प्रश्न उठिउहेकै बेला यसरी गरिने फजुल खर्चले दलमाथि उल्टै प्रश्न तेस्रिन्छ। अरूलाई पारदर्शिताको पाठ सिकाउने र आर्थिक समृद्धिको पाठ पढाउने राजनीतिक नेतृत्वले यी विषयमा ध्यान पुर्या कहिले?
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।