बेलायतका पाँचमध्ये एक शिक्षक विद्यार्थीबाट दुर्व्यवहारको शिकार भइरहेका छन् । विद्यालयहरू महामारीपछि विद्यार्थीको व्यवहारमा आएका परिव...
भारतीय अर्बपति व्यापारी अनिल अम्बानी जेल जाने भएका छन्।
अम्बानीको रिलायन्स कम्युनिकेसन्स र दूरसञ्चार कम्पनी एरिक्सनबीचको व्यापारिक सम्झौता भंग भएपछि उनले जेल सजाय सामना गर्नुपर्ने भएको हो। एरिक्सनले आरकमको नेटवर्क व्यवस्थापन र सञ्चालन गर्ने उक्त सम्झौताको शर्तबमोजिम साढे पाँच अर्ब भारतीय रूपैया आरकमबाट भुक्तानी पाउन बाँकी छ।
गत वर्षको डिसेम्बर १५ तारिखसम्ममा आरकमले एरिक्सनलाई बक्यौता रकम तिरिसक्नुपर्ने भनी भारतको सर्वोच्च अदालतले दिएको आदेशलाई पालना गर्न आरकम असफल भएको छ।
अब अनिल अम्बानीले त्यस्तो रकम नतिरे उनलाई तीन महिनाको जेल सजाय हुने भारतको सर्वोच्च अदालतले जनाएको छ। उनलाई अदालतको आदेशको अवहेलना गरेको अभियोगमा दोषी ठहराउँदै उक्त रकम भुक्तानी गर्न चार हप्ताको समय दिइएको छ। रकम भुक्तानी नगरे जेल जानुपर्ने भनिएको छ।
एरिक्सनले सन् २०१४ मा उक्त सम्झौतामा हस्ताक्षर गरेको थियो र गत वर्ष आरकमविरूद्धको अदालती प्रक्रिया आरम्भ गरेको थियो। अदालतले रिलायन्स टेलिकमका अध्यक्ष सतिस सेठ र रिलायन्स इन्फ्राटेलका अध्यक्ष छाया भिरानीले पनि आफ्नो आदेश उल्लंघन गरेको ठहर गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।