बेलायतका पाँचमध्ये एक शिक्षक विद्यार्थीबाट दुर्व्यवहारको शिकार भइरहेका छन् । विद्यालयहरू महामारीपछि विद्यार्थीको व्यवहारमा आएका परिव...
चर्चित बलिउड हस्तीहरुले राजनीतिक दलहरुसँग पैसा लिएर सामाजिक सञ्जालमा राजनीतिक प्रोपोगान्डा गर्ने गरेको खुलेको छ।
स्टिङ अपरेसनका लागि प्रसिद्ध भारतीय अनलाइन कोब्रा पोष्टले अपरेसन 'काराओके' शीर्षकमा गरेको पछिल्लो अपरेसनले बलिउड कलाकारहरुको चरित्र उदांगो पारेको हो।
राजनीतिक दलका एजेन्टको रुपमा प्रस्तुत हुँदै कोब्रा पोष्टले राखेको प्रस्तावमा दुइ दर्जनभन्दा धेरै बलिउड कलाकारहरु आफ्नो फ्यान फलोइङलाई सामाजिक सञ्जालमार्फत प्रभावित पार्न तयार देखिएका हुन्। त्यसका लागि उनीहरुले प्रति ट्विट २ लाख रुपैंयादेखि ५० लाखसम्म माग गरेको भिडियो कोब्रा पोष्टले सार्वजनिक गरेको छ। भिडियोमा केहि कलाकारले एक करोड रुपैंया उपलब्ध गराइएमा आठ महिनासम्म लगातार दाताले इच्छाए अनुशार ट्विट गरिरहने समेत बताएका छन्।
यसरी पैसामा बिक्न तयार भएका कलाकारहरुमा जैकी सर्राफ, शक्ती कपुर, महिमा चौधरी, विवेक ओवेरोय, सन्नी लियोनी, सोनु सुद, अमिसा पटेल, मिनिसा लाम्बालगायत छन्।
कोब्रा पोष्टको अपरेसनबारे अहिलेसम्म सन्नी लियोनी र सोनु सुदले मात्रै प्रतिकृया दिएका छन्। ट्विटमार्फत सन्नीले ुविभिन्न एजेन्डामा विभिन्न मान्छेहरुसँग छलफल हुनु स्वभाविक भएकोु बताएकी छन्। उनले आँफुले अहिलेसम्म कुनै पनि राजनीतिक टिप्पणी नगरेको स्पष्ट पार्दै आवश्यक लागेको खण्डमा राजनीतिक मुद्दामा टिप्पणी गर्न आँफु स्वतन्त्र रहेको बताएकी छन्।
Clarity !!!!!!! pic.twitter.com/tQ192e4J0W
— Sunny Leone (@SunnyLeone) February 19, 2019
सोनु सुदले भने आफ्नो विचारलाई गलत रुपले प्रस्तुत गरिएको प्रतिकृया दिएका छन्।
Truth shall prevail !!! pic.twitter.com/8ivfm9lqm1
— sonu sood (@SonuSood) February 19, 2019
कोब्रा पोष्टले गरेको अपरेसनमा विद्या बालन, अरसद वारसी, राजा मुराद र सौम्या टन्डनले आफ्नो विचारलाई पैसाले प्रभावित नपार्ने भन्दै सामाजिक सञ्जालको दुरुपयोग गर्न अस्विकार गरेका थिए।
यो अपरेसनसँगै भारतिय मिडियामा सामाजिक सञ्जालको विश्वसनीयता र कलाकारहरुको चरित्रबारे बहस चर्किएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।