राजनीति

गण्डकी प्रदेशले थाल्यो कृषि नमुना गाउँको सम्भाव्यता अध्ययन

फागुन १०, २०७५

    तनहुँ : गण्डकी प्रदेश सरकारले ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ’ को सम्भाव्यता अध्ययन गर्ने भएको छ। गण्डकी प्रदेशले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमुना कृषि गाउँ बनाउने उद्देश्यले सम्भाव्यता अध्ययन थालेको छ। 

    प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुरुप भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ११ वटै जिल्लामा सम्भाव्यता अध्ययनलाई तीब्रता दिएको छ।नमुना गाउँको विकास गर्न जिल्लाको आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकामा सम्भाव्यता अध्ययन भइरहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा.बालकुमार श्रेष्ठले जानकारी दिए। 

    तनहुँबाट गण्डकी प्रदेश सभामा चार जना निर्वाचित भएकोले चार गाउँलाई छनोट गरिने आँबुखैरेनी गाउँपालिका–४ को भाँगे, भानु नगरपालिका ११ को बाँसखर्क र गैरागाउँ, भिमाद नगरपालिका ९ को भानुमतिमा सम्भाव्यता अध्ययन भइरहेको श्रेष्ठले बताए। शुक्लागण्डकी नगरपालिका ९, १०, ११ र १२ नम्बर वडामा सम्भाव्यता अध्ययन भएको उनले बताए। समितिले चार वटै गाउँ पुगेर सम्भाव्यता अध्ययन गरेको श्रेष्ठले बताए। ‘समितिले सम्भाव्यता अध्ययन गरेको गाउँहरू नमूना कृषि गाउँका लागि उपयुक्त देखिएको छ,’ उनले भने, ‘हामीले स्थलगत रुपमै उक्त ठाउँहर"को वस्तुस्थिति बुझ्दानमुना गाउँका लागि उपयुक्त पाएका छौँ। स्थलगत रिपोर्ट सम्बन्धित मन्त्रालयमा बुझाउने छौँ।’

    १० करोड ८० लाख विनियोजन

    एक स्थानीय तह एकनमुना गाउँ स्थापना गर्ने उद्देश्यले कार्यक्रम अगाडि बढाइएको भए पनि पहिले निर्वाचन क्षेत्र अनुसार गरिने बताइएको छ। नमुना गाउँ विकासका लागि चालु वर्षमा दश करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। प्रत्येकनमुना कृषि गाउँलाई ३० लाखका दरले रकम विनियोजन गरिने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, ‘पहिलो वर्ष कार्यक्रम पाएकोनमुना गाउँले दोस्रो वर्ष ५० प्रतिशत पुनः रकम प्रदान गरिनेछ भने पहिलो वर्ष सञ्चालन भएको नमुना कृषि गाउँलाई अर्को वर्ष प्रतिशत रकम कम गरेर आउने रहेको अन्यनमुना कृषि गाउँ बनाउन उपयोग गरिने छ।’ नमूना गाउँका लागि अनिवार्य रुपमा कम्तिमा ५० घरधुरी हुनुपर्ने प्रावधान रहेको छ। 

    सम्भाव्यता अध्ययनका लागि कार्यविधि 

    नमूना कृषि गाउँ छनोटका लागि कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख तेजप्रसाद दुवाडीको संयोजकत्वमा छनोट समिति गठन गरिएको छ। समितिमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा प्रतिनिधि, सम्बन्धित स्थानीय तहका कृषि वा पशु सेवा प्राविधिक कर्मचारी सदस्य र ज्ञान केन्द्रले तोकेको अधिकृतस्तरको कर्मचारी सदस्य सचिव रहने मन्त्रालयको कार्यविधिमा उल्लेख छ । समितिले सिफारिस गरिएको ठाउँमा पुगेर सम्भाव्यता अध्ययन गरिरहेको ज्ञान केन्द्रले जनाएको छ। तनहुँ जिल्ला र नवलपुर जिल्लामा सिफारिस गरिएका गाउँहरूको उपयुक्त भए नभएको बारे स्थलगत रुपमै टोली खटिएको केन्द्रले जनाएको छ। 

    ३६ वटानमुना गाउँ छनोट 

    एक स्थानीय तह एक वातावरणमैत्री कृषि गाउँ स्थापना गर्ने मूख्य उद्देश्यले यस कार्यक्रम गण्डकी प्रदेशका सबै स्थानीय तहमा सञ्चालन गरिने भएको छ। पहिलो चरण यस कार्यक्रम गण्डकी प्रदेश अन्तर्गतका सबै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरी ३६ वटा नमुना कृषि गाउँहरू छनोट गरिने निर्देशिकामा उल्लेख छ। 

    कृषि क्षेत्रको दिगो विकासको लागि जलवायु तथा वातावरणमैत्री प्रविधि र अभ्यासको प्रयोग गरी स्थानीय स्रोतसाधनको उचित व्यवस्थापन गरी उत्पादन, उत्पादकत्व र गुणुस्तर वृद्धि गर्नुपर्ने र समुदाय स्तरमा कृषि क्षेत्रको वातावरण जोखिम न्यूनीकरण गरि कृषक समुदायको दिगो खाद्य व्यवस्था सुनिश्चित गर्ने प्रदेशको उद्देश्य छ। 

    कृषि प्रविधि र अभ्यासको प्रदर्शन 

    महिला तथा युवा उद्यमशीलताको विकास गर्दै कृषि, पर्यटन, गणुस्तरीय कृषि र पशजुन्त्य उत्पादनको बजारीकरणमार्फत आम्दानी र स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गन उद्देश्य प्रदेशको छ। छनोट गरिएको गाउँलाई स्रोत केन्द्रको रूपमा विकास गरी वातावरण मैत्री कृषि प्रविधि र अभ्यासको प्रदर्शन गरिनेछ। त्यस्तै असल सिकाइको अभिलेखीकरण, प्रर्वद्धन एवम् अनुभवको आदनप्रदानमा अभिवृद्धि गर्ने बताइएको छ। 

    रासायनिक पदार्थको प्रयोगद्बारा वातावरण प्रदूषण रोकी माटो, पानीको संरक्षण एवं जैविक विविधताको प्रवर्द्धन गर्नुपर्ने जनाइएको छ। स्वास्थ माटो र खेती पद्धति अवलम्बन गरी भविष्यको लागि स्वच्छ खानाको सुनिश्चता गरिनुपर्ने बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]