काठमाडौँ : धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालकी छोरी बेपत्ता भएकी छन्। हमालकी जेठी छोरी आरती भारतको गोवास्थित जोरबा...
काठमाडौं : प्रदेशसभाका सांसद उत्तरकुमार वलीको निधन भएको छ।
बिहीबार राति १ बजे मेडिसिटी अस्पताल काठमाडौँमा उपचारका क्रममा वलीको निधन भएको पारिवारिक स्रोतले जनाएकाे छ। माघ २४ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद वली सवार कार र बस गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै दुर्घटनामा परेको थियो।
सांसद ओलीको दुर्घटना भएको १६ दिनसम्म होस खुलेको थिएन। संसद बैठक सकेर दाङ फर्कँदै गर्दा कार र बस ठोक्किएको थियो। श्रद्धाञ्जलीका लागि उनको शव शुक्रबार बिहान ९ बजे देखि १० बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने भएको छ।
वली दाङ क्षेत्र नं. ३ 'ख'बाट निर्वाचित प्रदेश सांसद हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।