काठमाडौं: नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा बहराइनले नेपाल...
काठमाडौं : आईसीसी महिला टी–२० एसिया क्षेत्रीय छनोटमा नेपाल र युएईबीचको खेल जारी छ।
थाइल्याण्डको बैंककमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई ४२ रनको चुनौती पेश गरेको छ। पहिले व्याटिङमा आएको युएईले १७ दशमलब ३ ओभरमा ४१ रनमात्रै बनाउन सक्यो।
यूएईकी चामिनी सेरेभिरान्ताको १३ रन बाहेक अन्य कुनै व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। युएईको इनिङ ध्व्सत बनाउन नेपाली बलर नेरी थापाले ४ विकेट लिइन भने सरिता मगर, कविता कुँवर र सोनु खड्काले समान दुई दुई विकेट लिए। नेपालले अहिले जवाफि व्याटिङ गरिरहेको छ। पहिले खेलमा मलेसियालाई ३४ रनले हराएकाे नेपाल दास्राे खेलमा थाइल्याण्डसँग ५७ रनले पराजित भएकाे थियाे।
नेपालले अर्को खेल आइतबार हङकङसँग खेल्ने छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।