काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले हराएको छ। राजस्थानको जितमा यशस्वी जैसवालको ...
धनगढी : काठमाडौं गोल्डेन्सले क्वालिफायर खेल बहिस्कार गरेपछि महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
काठमाडौं गोल्डेन्सले शुक्रबार हुन लागेको दोस्रो क्वालिफायर्स खेल खेल्न अस्वीकार गरेपछि महेन्द्रनगर फाइनलमा प्रवेश गरेको हो। काठमाडौंले आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै डिपिएल क्रिकेटको शुक्रबार हुने दोस्रो क्वालिफायर्स खेल काठमाडौं गोल्डेन्सले बहिस्कार गरेको थियो।
काठमाडौंका म्यानेजर सञ्जय श्रेष्ठले आफ्नो टोलीले नखेल्ने निर्णय गरेको बताए।
बिहीबार काठमाडौं गोल्डेन्सका अलराउन्डर विदेशी खेलाडी अंकित दबासलाई डिपिएलको टुर्नामेन्ट टेक्निकल कमिटीले आगामी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
तोकिएको समयमा काठमाडौं गोल्डेन्स मैदान प्रवेश नगरेपछि महेन्द्रनगरलाई विजेता घोषित गरिएको थियो।
अब डिपिएलको फाइनलमा शनिबार महेन्द्रनगरले सिवाईसी अत्तरियासँग खेल्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।