डडेल्धुरा : डडेल्धुरामा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अमरगढी नगरपालिका–७ का अन्दाजी ६० वर्षीय केशव भट्ट...
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन्। नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गरेकी हुन्।
राष्ट्रपतिबाट शुक्रबार राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७५, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन,२०७३ लाई संशोधन गर्न बनेको विधेयक,२०७५ र कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७५ प्रमाणीकरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।