समाज : सुरक्षा/अपराध

जथाभावी हर्न बजाउने ३० हजार बढी सवारी चालक कारबाहीमा

फागुन १०, २०७५

    काठमाडौंउपत्यकामा जथाभावी हर्न बजाएर सवारीसाधन चलाउने ३० हजारबढी सवारी चालक कारबाहीमा परेका छन्। महानगरीय ट्राफिक महाशाखाको तथ्यांकअनुसार उपत्यकाको विभिन्न ठाउँबाट आर्थिक वर्ष २०७३ यता ३० हजार चार सय ६८ सवारीसाधन कारबाहीमा परेका हुन्। ध्वनि प्रदूषणका कारण काठमाडौंवासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न गएको भन्दै ट्राफिक प्रहरीले ध्वनि नियन्त्रणका लागि २०७४ बाट नो हर्ट अभियान संचालन गरेको थियो।

    ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/७४ मा नौ हजार ६ सय ६३ त्यस्तैगरी ०७४/७५ मा १५ हजार चार सय पाँच र चालु आर्थिक वर्ष ०७५/७६ को फागुन महिनासम्म पाँच हजार चार सय सवारी चालक कारबाहीमा परेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी वशन्त पन्तको भनाइ छ। जथाभावी हर्न बजाउने सवारी चालकलाई पाँचसय जरिवाना लिने गरेको ट्राफिक प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]