राजनीति

निजीको प्रवेशले शिक्षा क्षेत्र विभाजित : मुख्यमन्त्री गुरुङ

फागुन ११, २०७५

    तनहुँ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले सैद्धान्तिक शिक्षाले रोजगार बन्न नसकिने बताएका छन्। म्याग्दे गाउँपालिका-१ गुणादीस्थित महेन्द्र माविमा आयोजित श्रीमद्भागवत् धनधान्याचल विराट नवाई ज्ञानमहायज्ञको शनिबार शुभारम्भ गर्दै गुरुङले सर्टिफिकेट भएरमात्रै नपुग्ने सीप पनि चाहिने बताएका हुन्। 

    शिक्षामा निजी क्षेत्रको प्रवेशले विभेद सृजना गरेको बताउँदै गुरुङले हुने खाने र हुँदा खानेको शिक्षा बनाएको बताए। ‘उदारवादको नाममा शिक्षामा निजी क्षेत्रको निर्वाद प्रवेश भयो, यसको प्रवेशले शिक्षा क्षेत्र विभाजित भएको छ,’ उनले भने ‘यसलाई समानान्तर बनाउँदै प्राविधिक शिक्षालाई प्राथमिकता बनाएर अगाडि बढ्नुपर्छ।’

    गुरुङले गरिव जनताका छोराछोरी पढ्ने विद्यालय, सरकारले धेरै लगानी गरेको क्षेत्र शिक्षा हुँदाहुँदै पनि सोचे जस्तो गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने अवस्था नभएको बताए। यस कारणले गर्दा शिक्षा क्षेत्र अस्तव्यत भएको उनको भनाई छ। 'धनीमानी, हुने खानेका छोराछोरी ५६ हजार विदेश पढ्न गएका छन्, जसले गर्दा यो वर्ष मात्रै १२ अर्ब रुपैयाँ विदेशिएको छ उनले भने।' राम्राराम्रा प्रतिभाहरू डाक्टर, इन्जिनियर  विदेश गएकोले देशमा दक्ष जनशक्तिको अभाव भएको उनको भनाइ छ।

    ‘वैदेशिक रोजगार र शैक्षिक उन्नयनका लागि विदेश पलायन हुने क्रम रोक्न नसक्दा देश उधो गतिमा पुगेको छ,’ उनले भने। गरिव जनताको छोराछोरी पढ्ने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर नउठाइकन शिक्षाको विभेद अन्त्य नहुने दावी छ।

    ‘शिक्षामा बढी राजनीतिकरण हावी हुँदा शिक्षा क्षेत्र तहसनहस भएको छ,’ उनले भने ‘पढाई भन्दा पनि हड्ताल र नाराले  त्रिभुवन विश्व विद्यालयले समेत गरिमा गुमाउँदै गएको छ।’ प्राविधिक शिक्षा सञ्चालनको लागि नौ दिन सम्म चल्ने महायज्ञमा पाँच करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेको महायज्ञ मुल संयोजक विजयराज खनालले बताए।

    महायज्ञको पहिलो दिन शनिबार एक लाख ९६ हजार रकम संकलन भएको छ। तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका रविराज खनालले एक लाख एक हजार १००, सोही ठाउँका हरिप्रसाद खनालले ५१ हजार ५००, तनहुँ उद्योग वाणिज्य संघले ११ हजार १११ र नमूना आमा समूह मानहुँले १० हजार २० रुपैया संकलन भएको मूल संयोजक विजयराज खनालले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]