समाज

भक्तपुरका ४५ ज्येष्ठ नागरिक सम्मानित

फागुन १२, २०७५

    भक्तपुर : सूर्यविनायक नगरपालिकास्थित बालकुमारी स्मृति प्रतिष्ठानले ८० वर्ष भन्दा माथिका ४५ जना ज्येष्ठ नागरिकलाई सम्मान  गरेको छ। नपाको–७ स्थित गुण्डुको पीपलडाँडा बसपार्कमा आयोजना गरिएको सो कार्यक्रममा प्रतिष्ठानले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई नगदसहित दोसल्ला ओडाएर सम्मान गरिएको हो। कार्यक्रममा प्रतिष्ठानका संरक्षक एवं वरिष्ठ पत्रकार भैरव रिसालले नगद पाँच हजार रूपैयाँसहित दोसल्ला ओडाएर सम्मान गरेको थियो।

    त्यस्तै, सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने ६ वटा सामाजिक संस्था, एकल महिला, अरनिको उच्च मावि, र ज्योति माविका ३० जना विद्यार्थीलाई शैक्षिक सामाग्रीसहित नगद प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष पुरु रिसालले जानकारी दिए।

    कार्यक्रम पूर्व-सांसद लेखनाथ न्यौपाने, सूनपा–७ का वडाध्यक्ष रवीन्द्र सापकोट र अरनिको उच्च माविका प्राचार्य लेखनाथ रिमाल ज्येष्ठ नागरिकको सुस्वास्थ्य र दीर्घायुको कामना गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]