समाज

रानीपोखरी बनाउन तात्यो पुनर्निर्माण प्राधिकरण

फागुन १२, २०७५

    काठमाडौं: सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएसँगै पुनर्निर्माण प्राधिकरणले  रानीपोखरी पुनःनिर्माणको काम अघि बढाउने निर्णय गरेको छ।

    माघ १४ गतेको मन्त्रिपरिषद् बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी निर्णय गरेको थियो।

    ०७२ सालको भूकम्पले रानीपोखरी र बालगोपालेश्वर मन्दिरमा क्षति भएको थियो। त्यसयता रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण गर्ने प्रयास भएको थियो।

    काठमाडौं महानगरपालिकाले बनाउने जिम्मा पाए पनि तेस्रो पटकसम्म बोलपत्र आव्हान गर्दा पनि कम्पनी छनौट हुन नसकेपछि अन्तत सरकारले पुनःनिर्माण प्राधिकरणालाई जिम्मा दिएको थियो।

    राष्ट्रिय पुननिर्माण प्राधिकरणले रानीपोखरी निर्माण सम्बन्धमा गरेका निर्णयहरु

    १. भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको संरक्षण तथा पुननिर्माण गर्दा सबैभन्दा पहिलेको एक फिट तलसम्म खनी घाँस हटाउने र त्यसपछि हाल त्यहाँ रहेको सबै बालुवा निकाली एक ठाउँमा माटो नमिसिने गरी जम्मा गर्ने ।

    २. पोखरीको कालीमाटी रहेको तहमा थप एक फिटको कालीमाटी राख्ने र माटोको तह तयार भएपछि करिब दुई फिटको बालुवा राख्ने ।

    ३. पोखरीको डिलको सम्बन्धमा पुरानै माटोको आधार तयार गर्ने र तत्पश्चात existing brick on edge को breast  wall  लगाउने ।

    ४. विगतमा retaining wall र rcc wall लगाउँदा बिग्रेको पोखरीको सतहलाई पुरानै विद्यमान तह अनुसार पुनःबनाउने । पोखरीको डिलको माथिल्लो भागमा ठूलो माअप्पा ल्होःफ अप्पा को पेटी लगाउने ।

    ५. पोखरीको डिल र फुटपाथको छेउसम्म इँटा सोलिङ लाइम कंक्रिट गरेपश्चात ठाडो इँटा विछयाउने ।

    ६. हालै बनाएको ढुंगाको रिटेनिड वालमा माअपप्पाको cladding गरी फुटपाथ लेवलमा लाइम कंक्रिटपछि माअप्पाको नै रलिङ वाल बनाउने ।

    ७. फुटपाथमा इँटा सोलिङ र लाइम कंक्रिट गरी ईन्च बाक्लो कालो ढुंगा बिछयाउने ।

    ८. पोखरीको सिँढीमा बस्न ढुंगाको पेटी राखी बाहिरबाट इँटा मा अप्पा ले मोड्ने,साथै पोखरीको संरक्षण एवं निर्माण गर्दा पूर्व र उत्तरतर्फ समेत ढुंगाको पेटी राखी बाहिरबाट इँटा मा अप्पा ले मोडी मौलिकता र एकरुपता झल्किने किसिमले सिँढीहरुको निर्माण गर्ने ।

    ९. पोखरीको पूर्वतर्फ एउटा बोरिङ राख्ने व्यवस्था गर्ने र ठाउँ ठाउँमा rain water catch pit निर्माण गर्ने ।

    १०. पोखरीको माथिल्लो सतहमा केही मात्रामा माटो राखी हरियाली साथै turfing गर्ने ।

    ११. पोखरीको पानीको मात्रा अटुट राख्नका लागि मेलम्ची  लाइनसँग जोडने प्रावधान खुला राख्ने।

अतिन आचार्य

आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]