राजनीति

कांग्रेस सदस्यद्वारा राज्यव्यवस्था समिति बैठक बहिष्कार

फागुन १२, २०७५

    काठमाडौं : प्रतिनिधिसभाकाे राज्यव्यवस्था तथा सुशासन समितिकाे बैठक नेपाली कांग्रेसका सांसदहरूले बहिष्कार गरेका छन्। केही दिनभित्र मुलुकका विभिन्न क्षेत्रमा भएका बम विस्फोट र एनसेल टावरमाथि भएका आगजनीबारे छलफल माग्दै समिति सभापति शशी श्रेष्ठले उक्त विषयलाई शुरुमा छलफल गर्न नमानेपछि कांग्रेस सांसदले समिति बैठक बहिष्कार गरेका हुन्।

    आइतबार बसेकाे समिति बैठकको शुरुमा कांग्रेस सांसद देवेन्द्रराज कँडेल र डिला संग्राैला पन्तले बम विस्फोटका विषयमा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिनुपर्ने र प्रश्न साेध्न पाउनुपर्ने माग गरेका थिए। 'नेपाली नागरिक बम विस्फाेटबाट मारिएका छन। यहाँ गृहमन्त्री हुनुहुन्छ, यसबारे जवाफ दिनुपर्छ। ठाउँ ठाउँमा आगजनी र नागरिक घाइते भएका छन्', कँडेलले भने।

    सांसद संग्राैलाले सरकारले लगानी सम्मेलन गर्ने भनिरहेका बेला एनसेल टावरमाथि हमला हुनु, मान्छेकाे ज्यान जानुले शान्ति सुरक्षामाथि प्रश्न उठेको बताइन। उनले याे के भइरहेको हाे र शान्ति सुरक्षाको अवस्था के हाे भन्नेबारे गृहमन्त्रीको जवाफ मागेकी थिइन। समिति सभापति श्रेष्ठले उक्त विषयमा छलफल हुने बताए पनि कांग्रेस सांसदहरूले शुरूमा छलफल नभएको भन्दै समिति बैठक बहिष्कार गरेका हुन। समितिमा अहिले नागरिकता विधेयकबारे छलफल भइरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]