पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
काठमाडौं : नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा तथा नियुक्त भएका १४ जना अधिकृतहरूको सरुवा तथा पदस्थापन भएको छ।
गृह मन्त्रालयले आइतबार १४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा तथा पदस्थापन गरेको हो।
नयाँ एसएसपी पदस्थान तथा सरुवा भएर सन्दीप भण्डारी त्रिभुवन विमानस्थल, टेकप्रसाद राई प्रहरी प्रधान कार्यालय तालिम शाखा, उमेशराज जोशी महानिरीक्षकको कार्यालयमा पुगेका छन।
एसएसपी मीरा चौधरीलाई प्रदेश २ को प्रदेश प्रहरी कार्यालयमा पदस्थापना गरिएको छ। एसएसपी बसन्तबहादुर कुवँर राष्ट्रिय प्रहरी प्रतिष्ठान महाजगञ्जमा पदस्थापना भएका छन। त्यस्तै, एसएसपी विश्वराज पोखरेल लागुऔषध नियन्त्रण ब्यूरो र एसएसपी रामदत्त जोशी प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्यूरोमा पदस्थापन भएका छन।
नयाँ एसएसपी को कहाँ पुगे? हेर्नूहोस् पूर्ण विवरणः
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।