राजनीति

मेची-महाकाली यात्रामा जाने राप्रपाको टोली काठमाडौंबाट प्रस्थान

फागुन १३, २०७५

    काठमाडौंः मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरु सिंगारिएका रथ र विभिन्न धर्म सम्प्रदायका झाँकी सहित ताप्लेजुङ प्रस्थान गरेका छन्।

    राजधानी काठमाडौंको नयाँवानेश्वरमा अध्यक्ष कमल थापाले सिंगारिएका रथ र सवारी साधनमा पार्टीको झण्डा राख्दै अभियानमा संलग्न कार्यकर्ताको विदाई गरे।

    स्वाभिमान यात्राका लागि ताप्लेजुङ लान लागिएका रथहरुमा गाई, स्वयम्भु र पृथ्वीनारायण शाहको मुर्ति राखिएको छ। गाई राखिएको सिंगारिएको रथ पहिलो , स्वयम्भुनाथको मुर्ति राखिएको रथ दोश्रो र तेश्रोमा पृथ्वीनारायण शाहको मुर्ति राखिएको रथ पछि  विभिन्न धर्म र सम्प्रदायको पहिचान झल्किने झाँकी सहितका सवारीसाधनहरुको लस्कर साथ राप्रपाका कार्यकर्ता राजधानीबाट औपचारिक रुपमा विदा भई यात्रामा निस्किएका हुन्। 

    स्वाभिमान यात्रामा प्रयोग गर्ने गरि राष्ट्रियता, सनातन धर्म र एकता झल्काउने विम्ब सहितका कैयौ सामाग्रीहरु तयार पारिएको छ। प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राष्ट्रिय स्वाधिनताको रक्षा र राष्ट्रिय अखण्डताका लागि सबैलाई जागरुक गर्दै राष्ट्रवादी आधारभूमी तयार पार्नका लागि मेची महाकाली यात्रा गर्न लागिएको स्पष्ट पारे।

    राप्रपाले यही फागुन १५ गते ताप्लेजुङबाट मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरु गर्दै छ । सुदुर पुर्व देखि तराईका विभिन्न जिल्ला हुदै सूदुर पश्चिम सम्म पुगेर फागुन ३० काठमाण्डौ आई यात्रा समापन हुने राप्रपाले जनाएको छ। २ हजार ८ सय १० किलोमिटर दुरीको यात्राका क्रममा विभिन्न स्थानमा २ सय बढी सभा गरिने पनि राप्रपाले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]