मनोरञ्जन

फिल्म 'पुरानो बुलेट' वर्ल्ड प्रिमियर हङकङमा

फागुन १३, २०७५

    काठमाडौं : सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशनमा तयार फिल्म 'पुरानो बुलेट'को वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न भएको छ।  शनिबार हङकङस्थित याउ माइ तेइ हलमा फिल्मको ग्राण्ड प्रिमियर भएको हो। पुर्वेली जनजीवनलाई केन्द्रित गरेर निर्माण गरिएको फिल्मलाई हङकङ निवासी नेपाली दर्शकले रुचाएका छन्। फिल्मको प्रस्तुती, कलाकारहरुको अभिनय सबै पाटोलाई दर्शकले रुचाए, आयोजक मध्येका एक मज्जाको राईले भने, 'नेपाली मौलिकता बोलेको यो प्रकारको फिल्मको पहिलो प्रदर्शनी हङकङमा गर्न पाउँदा खुशी छौँ।'

    हालसम्म रिलिज सबै फिल्ममा भन्दा भिन्न अबतारमा देखिएका लिड कलाकार अनुपबिक्रम शाही, अभिनेत्री द्वय वर्षा शिवाकोटी र माला लिम्बुको कामलाई दर्शकले तारिफ दिएका छन्। प्रिमियरमा फिल्म हेर्ने दर्शकको प्रतिक्रियाले यसै फिल्मबाट निर्देशनमा पाइला चालेका भीषणलाई नेपाली फिल्म क्षेत्रको उदाउँदो नक्षत्रको रुपमा उभ्याएको छ, प्राप्त भिडियो रिभ्यू यहि बोल्छ। ‘हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ आयोजित उक्त 'शो'को प्रदर्शनी जिम्मा तथा व्यवस्थापकिय पाटो अनोज रोका, मज्जाको राई, विजय लिम्वु, सरु राई र सुनिता आंगदम्वेले सम्हालेका थिए। यो फिल्म नेपालमा भने आगामी चैत्र १ बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ।

    फिल्म 'पुरानो बुलेट'मा अनुपबिक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुसँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, वारात लिम्बु, बादल श्रेष्ठ, करण धिताल र युडी गुप्ताको अभिनय समावेश छ। फिल्मको कथा पटकथा लेखनमा निर्देशक भीषणले कार्यकारी निर्माता सन्तोष राईसँग साझेदारी गरेका छन्। अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बु निर्मातामा छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]