समाज

डडेल्धुरामा भीषण आगलागी बालिकाको मृत्यु, एक गम्भीर घाइते

File Photo
फागुन १५, २०७५

    डडेल्धुरा :  डडेल्धुराको आलिताल गाउँपालिका – ८ मा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ भने एक एक बालिका गम्भीर घाइते भएकी छन्।

    मंगलबार राति करिब ८ बजे आलितालको घुम्ती बजारमा रहेको उत्तम थापाको किराना पसलबाट आगलागी हुँदा थापाकी ८ वर्षीया छोरी आरती थापाको मृत्यु भएको हो। उनकै जेठी छोरी ११ वर्षीया  निरुता थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

    गम्भीर घाइते निरुतालाई उपचारको लागि धनगढी लगिएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए।

    उत्तम थापाको किराना पसलबाट लागेको आगोलेसँगैका रामबहादुर धामी, दिलबहादुर रानाको घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

    ‘थापाकी २ छोरी आरती र निरुता मैनबत्ती बालेर किताब पढिरहेको बेला मैनबत्ती सकिएर नजिकै रहेको चाउचाउको पेटीबाट आगो लागेर एक छोरी घाइते अवस्थामा आफैं घर बाहिर आएपछि घरपरिवारले जानकारी पाएका रहेछन्’ केसीले भने। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]