काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा बुधबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान म...
-
मन्त्री अधिकारी र पिएसओको शव पहिचान
-
मन्त्री अधिकारी र पिएसओको शव पहिचान
-
यसरी रोकिएको थियो, गृहसचिव राई र सांसद विजय सुब्बाको तेह्रथुम जाने योजना
-
मन्त्री अधिकारीका आमा-बाबुलाई काठमाडौं लगियो
-
मन्त्री रवीन्द्र अधिकारीको अन्तिम मुस्कान (फोटोफिचर)
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक, प्रचण्ड पनि बालुवाटारमा
-
मन्त्री अधिकारीसहित सातै जनाको निधन भएको पुष्टि
काठमाडौं : ताप्लेजुङमा १२ वर्षपछि फेरि उच्च पदस्थ व्यक्ति सवार हेलिकोप्टर दुर्घटना भएको छ। १२ वर्ष अगाडि ताप्लेजुङको धुन्सामा भएको हेलिकप्टर दुर्घटनामा तत्कालिन वन तथा भूसंरक्षणमन्त्री गोपाल राई र प्रख्यात विद्वान डा. हर्क गुरुङसहित २४ जनाको निधन भएको थियो। त्यसबेला विश्व वन्यजन्तु कोष (डब्लू डब्लू एफ)को चार्टर्ड हेलिकप्टर दुर्घटनामा परेको थियो।
सो दुर्घटनामा परेर वातावरण वन र वन्यजन्तु विषयका विज्ञहरूलाई देशले गुमाएको थियो। त्यसबेला मन्त्री राई दम्पतीसहित विज्ञ गुरुङ, विश्व वन्यजन्तु कोष (डब्लू डब्लू एफ)का नेपाल प्रतिनिधी डा. चन्द्रप्रसाद गुरुङ, वन मन्त्रालयका तत्कालिन सचिव डा. दामोदर पराजुली, डा. तीर्थमान मास्के, वन्यजन्तु कोषका मिङमा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजयकुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, राष्ट्रिय वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, नेपालका लागि फिनल्याण्डका राजदुत पाउलो मुस्टोनिन, विज्ञ विज्ञान आचार्य, नेपाल टेलिभिजनका पत्रकारद्वय हेम भण्डारी र सुनिल सिंह समेतको मृत्यु भएको थियो।
त्यसको १२ वर्ष पछि फेरी ताप्लेजुङमा हाइप्रोफाइल हेलिकोप्टर दुर्घटना भएको छ। एयर डाइनेस्टीको हेलिकप्टर बुधबार मध्यान्ह ताप्लेजुङको फुङ्लिङस्थित विकट तारेढुंगा भिरमा ठोक्किएर दुर्घटना हुदाँ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी र आङछिरिङ शेर्पासहित सातजनाको निधन भएको छ।
तेह्रथुमको चुहानडाँडा विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो। काठमाडौंका लागि उड्नुअघि मन्त्री अधिकारी करिब एक घन्टा ४० मिनेट चुहानडाँडा स्थित प्रस्तावित विमानस्थलको अनुगमन कार्यक्रममा सहभागी भएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।