राजनीति

मन्त्री अधिकारी र पिएसओको शव पहिचान

फागुन १५, २०७५

    काठमाडौं : तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकप्टर दुर्घटना परी निधन भएका दुई जनाको शव पहिचान भएको छ। गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार पर्यटनमन्त्री रवीन्द्र अधिकारी र उनका अंगरक्षक (पीएसओ) अर्जुन घिमिरेको शव चिन्ने अवस्थामा रहेको छ।

    सुवेदीले भने ‘उहाँहरूको शव केही जलेको छ। तर चिन्न सक्ने अवस्थामा रहेको स्थानीय प्रशासनले जनाएको छ।’ अन्यको शव जलेकोले पहिचानमा कठिनाइ भएको उनले बताए। प्रवक्ता सुवेदीका अनुसार अहिले स्थानीय प्रशासन उद्धारमा जुटेको छ। सातै जनाको शव फेला परेको उनले बताए। पाँथीभरा मन्दिरदेखि डेढ किलोमीटरको दुरीमा तारेभिरमा हेलीकप्टर दुर्घटनामा परेको हो। हेलिकप्टरमा सवार मन्त्रीअधिकारीसहित सात जनाको निधन भएको छ।

    दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक वीरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसीको निधन भएको ताप्लेजुङ प्रहरी सूचना शाखाका हवल्दार विनोद परियारले जानकारी दिए। मन्त्री अधिकारीसहितको टोली आजै तेह्रथुममा विमानस्थल सम्भाव्यता अध्ययनका लागि गएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]