समाज

पिकअप भ्यान दुर्घटनामा दुईको मृत्यु, ५ घाइते

फागुन १५, २०७५

    दाङ : घोराहीदेखि सक्राम हुँदै छिल्लीकोट जाँदै गरेको लु १ च ५९१२ नम्बरको पिकअप भ्यान छिल्लीकोट नजिक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने  ५ जना घाइते भएका छन्। 

    दुर्घटना सवारी चालक तुलसीपुर–१९ वाँसगढि निबासी ३५ वर्षीय लालबहादुर रावत र अर्का तुलसीपुर–१९ छिल्लीकोटका ५५ वर्षीय अमरबहादुर वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

    उक्त घटनामा तुलसीपुर १९ छिल्लीकोटका  ४४ वर्षीय कर्ण बहादुर खड्का, सोही ठाउँका १६ वर्षीय लिलाबहादुर खड्का, घोराही १५ की  २२  वर्षीया सपना सिंह ठकुरी घाइएते भएको प्रहरीले जनाएको छ।  लगातार वर्षका कारण उक्त सक्राम छिल्लीकोट सड्क खण्ड चिप्लो भएका कारण दुर्घटना भएको बताइएको छ।

    पिकअप भ्यान सडकखण्डको करिव डेढ सय मिटर तल खसेको बताइएकोछ। घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]