छापा

भारत–पाक तनावले नेपाल आउने उडान प्रभावित

फागुन १७, २०७५

    काठमाडौं : जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाउँदा नेपालमा आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।

    नागरिक उड्यन प्राधिकरणका अनुसार खाडी मुलुकबाट आउने सबै जहाजको रुट परिवर्तन भएको खबर कान्तिपुर दैनिकमा छ। पाकिस्तानी आकाश प्रतिबन्धित भएपछि कतार, दुबईलगायत खाडी मुलुकबाट नेपाल आउने जहाजको हवाईमार्ग बदएिको प्राधिकाणका एक अधिकारीले बताए।

    नयाँ रुट अनुसार खाडी मुलुकबाट उडेका जहाज भारतको महाराष्ट्र हुँदै नेपाल आउन थालेको उनले बताए। साबिक उडान तालिका अनुसार खाडी मुलकबाट नेपाल उड्ने जहाज पाकिस्तान र अफगानिन्तानको पठार क्षेत्रहुँदै सिधै नयाँदिल्लीको आकाशमार्ग प्रयाेग गरी त्रिभुवन  विमानस्थल अवतरण गर्थे। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]