राजनीति

मन्त्री अधिकारीसहित सात जनाको निधनप्रति नेकपा संसदीय दलकाे शोक प्रस्ताव

वाइडबडीमा भ्रष्टाचारमा रवीन्द्रबारेको हल्ला अनावश्यक : प्रधानमन्त्री

फागुन १७, २०७५

    काठमाडौं : नेकपा संसदीय दलकाे बैठकले ताप्लेजुङमा भएको हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत सातजनाकाे निधनमा शाेक प्रस्ताव पारित गरेको छ। शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेकाे नेकपाकाे संसदीय दलकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारीलाई वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भनेर अनावश्यक हल्ला गरिएको बताए। उनले अधिकारीकाे राजनीतिक भविष्य सक्नका लागि त्यो हल्ला गरिएको बताए।

    अधिकारीकाे राजनीति भविष्य उज्ज्वल रहेकाे बेला दुर्घटनामा ज्यान गुमाएको भन्दै प्रधानमन्त्रीले दुख व्यक्त गरेका थिए। प्रधानमन्त्री ओलीले दुर्घटना र उद्दारदेखि श्रद्धाञ्जली कार्यक्रमबारे संसदीय दललाई जानकारी गराएका थिए। उनले दुर्घटनामा सफल पर्यटन व्यवसायी, राष्ट्रसेवक कर्मचारी र क्याप्टेन प्रभाकर केसीले ज्यान गुमाएकामा दुख व्यक्त गरेका थिए। प्रधानमन्त्रीले दुर्घटनाकाे बारेमा छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको र त्यसले सत्यतथ्य बाहिर ल्याउनेबारे आशा व्यक्त गरे। प्रधानमन्त्रीले हेलिकाेप्टरमा बढी भार भएकाले दुर्घटना भएको हाे कि भन्ने लागेकाे कुराकाे निष्कर्ष पनि समितिले नै गर्ने बताए। उनले क्याप्टेन केसी सक्षम भएको र हेलिकाेप्टरमा सवार व्यक्तिहरू पनि उडानबारे जानकार रहेका बताए। प्रधानमन्त्रीले मृतकका परिवारलाई सरकारले राहत दिने र।भविष्यमा जीवनयापन गर्न सघाउने बताए।

    निधन भएकाका कतिपयकाे अवस्था कमजाेर रहेकाे बताउँदै प्रधानमन्त्रीले 'सरकारले अलपत्र छाेड्दैन, राेजगारी दिने कि के गर्ने भन्ने सरकारले व्यवस्था गर्नेछ' भने। यसैबीच, नेकपा संसदीय दलकाे बैठकले दुर्घटनामा निधन भएकाकाे परिवारलाई उचित राहत र राेजगारी लगायत जीवनयापनमा सहयोग गर्न सरकारलाई आग्रह गर्ने भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]