अर्थ

भरतमोहन अधिकारीको जीवनी: चार वर्षे भूमिगत जीवन, पाँचपटक मन्त्री

फागुन १९, २०७५

    काठमाडौं :  पछिल्लो एक महिनादेखि स्वास्थ्य स्थिति कमजोर बन्दा अस्पतालनमा भर्ना भएका अधिकारीकी शनिबार निधन भएको हो। अधिकारीले माघ २४ गतेदेखि ह्याम्स अस्पतालमा उपचाररत थिए। मेडिसिटी अस्पतालमा स्वास्थ्यमा उल्लेख्य सुधार आउन नसकेपछि अधिकारीलाई ह्याम्स अस्पतलमा सारिएको थियो। 

    ८२ वर्षको उमेरमा निधन भएका अधिकारी महोत्तरी जिल्लामा जन्म भएको थियो। स्थायी ठेगना मोरङ विराटनगरमा रहेको अधिकारी ललितपुरको सानेपामा बस्दै आएका थिए। उनका तीन छोरा छोरी रहेका छन्। अर्थशास्त्र र कानूनमा एमए गरेका अधिकारी २००८ सालदेखि राजनीतिमा सक्रिय रहेका थिए। राजनीतिक यात्राका क्रममा चार वर्ष  भूमिगत, तीन वर्ष निर्वासन बिताएका थिए। अधिकारीका नेपालमा औद्योगीकरणका समस्या, मेरो जीवनयात्रा नामक किताब पनि प्रकाशन भएका छन्। 

    चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिका निर्वाहा गरेका थिए। 

    आफ्नो गाउँ आफैँ बनाऊँदेखि तत्कालीन एमाले सरकारको पालामा वृद्धवृद्धालाई भत्ता दिनेगरी बजेट विनियोजन गरेको कारण उनलाई लोकप्रिय नेताको रूपमा लिइन्छ। नेता अधिकारीले पार्टीका विभिन्न विभागमा बसेर काम गर्नेखि पाँच पटक मन्त्री पद सम्हालेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]