समाज

फेवातालमा भेटियो युवतीको शव

फागुन १९, २०७५

    पोखरा :  पोखरा महानगरपालिकाको गौरीघाट नजिकै फेवातालमा एक युवतीको शव भेटिएको छ। उक्त शव कास्कीकै अन्नपूर्ण गाउँपालिका २ ढिकुरपोखरीकी १९ वर्षिया दिब्या अधिकारीको रहेको प्रहरीले जनाएको छ।

    तालमा शव तैरिरहेको अबस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए।  युवतीको शव अहिले पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शव गृहमा लगिएको एसपी रानाले जानकारी दिए।

    युवतीको हत्या भएको हो वा आत्महत्या भएको हो अनुसन्धानपछि खुल्ने उनले बताए। युवतीको साथमा स्कुटरको चाबी भेटिएको र उनको शव नजिकै एउटा स्कुटर पनि भेटेको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]