समाज

पत्रकारिता अध्ययन केन्द्र निर्माणका लागि ल्याम पुच: काे सहयोग

फागुन २१, २०७५

    काठमाडाैं : गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र भवन निर्माणका लागि ल्याम पुच: युवा समूहले दुई लाख रुपैयाँ सहयोग गरेको छ।

    मंगलबार सम्पादक समाज नेपालले गरेको कार्यक्रममा ल्याम पुच: का महासचिव टंक पन्तले समाजका अध्यक्ष पुरु रिसाललाई सहयोग रकम हस्तान्तरण गरेका हुन्। पत्रकारिता अध्ययन केन्द्रको भवन निर्माणका लागि सहयोग गर्न पाउनु ल्याम पुच:का लागि अवसर भएको महासचिव पन्तले बताए। सम्पादक समाज नेपालले नुवाकोटको सूर्य चौरमा अध्ययन केन्द्र निर्माणा गरिरहेको छ।

    भवनका लागि सहयोग गर्ने सहयोगी हातहरूलाई स्वागत गर्दै थप सहयोगका लागि समाजका अध्यक्ष रिसालले आग्रह गरे। भवन निर्माणका लागि अहिलेसम्म १७ लाख २१ हजार सहयोग प्राप्त भइसकेको समाजका महासचिव श्याम डोटेलले जानकारी दिए।

    पत्रकारिता अध्ययन केन्द्रको भवन पाँच करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने समाजले अनुमान गरेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]