समाज

ट्याक्टरको ठक्करबाट १ पैदल यात्रुको मृत्यु

फागुन २३, २०७५

    विराटनगर : मोरङ विराटनगर महानगरपालिका १२ मा बिहीबार दिउँसो ट्याक्टरको ठक्करबाट १ जना पैदल यात्री महिलाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा विराटनगर १६ की ५० वर्षीया ठेकनीदेवी राय रहेकी छन्। उनलाई दिउँसो साढे १२ बजे भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ त ३१५३ नम्बरको ट्याक्टरले विपरित दिशाबाट पैदल आउँदै गरेकी रायलाई ठक्कर दिएको थियो। 

    ट्याक्टरको ठक्करबाट गम्भीर घाइते रायलाई उचारको लागि न्यूरो अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा दिउँसो १२ः४० बजे सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ। ठक्कर दिने ट्याक्टर र चालक सुनसरी बर्जु गाउँपालिका ३ अमरफाड बस्ने रामा पहाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]