मनोरञ्जन

नयाँ वर्षमा सलिनमान र सलोनको 'यात्रा'

फागुन २६, २०७५

    हेटौँडा : नेपाली चलचित्र यात्रा चैत २९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। फिल्म प्रदर्शनीको मिति नजिकिँदै जाँदा फिल्म युनिट प्रचारप्रसारमा जुटेको हो।

    सामाजिक प्रेम कथा प्रस्तुत गर्ने यस फिल्मको टोलीले शनिबार हेटौँडा आइपुगेको हो। हेटौँडामा जारी राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागी हुन आएको फिल्म युनिटले पत्रकार सम्मेलन गर्दै देशभर एकैपटक प्रदर्शनमा ल्याउने गरी तयारी भइरहेको निर्माता केशव भट्टराईले जानकारी दिए।

    भ्लगिङ गर्ने समूहको यात्रा वर्णन यस चलचित्रमा देख्न पाइने निर्माता भट्टराईले जानकारी दिए। चलचित्र नयाँ वर्षको अवसरमा चैत २९ गतेदेखि देशभर प्रदर्शनमा आउने बताइएको छ। चलचित्रमा धिरेन शाक्य, राजाराम पौडेल, सलोन बस्नेत, सलिममान बनियाँ, विशाल कटुवाल, रियर राई, मलिका महत, ज्हान्वी बस्नेत र प्रेक्क्षा बज्राचार्यको मुख्य भूमिका रहेको छ। चलचित्रलाई भट्टराईसहित शुसील पोखरेल, चिजकुमार श्रेष्ठ र सर्जुमान लिगलले निर्माण गरेका हुन् भने सम्राट शाक्यले निर्देशन गरेका हुन्।

    चलचित्रमा करिब २ करोड ५० लाख रुपैयाँ लगानी भएको निर्माण पक्षको दावी छ। ‘यो एक सामाजिक विषयमा बनेको फिल्म हो,’ निर्माता भट्टराईले भने, ‘भिडियो ब्लगरहरू (भ्लगर)को समूहको यात्राको क्रममा आउने उतारचढाव यो फिल्ममा देख्न पाइन्छ।’ चलचित्र संखुवासभा र हेटौंडा आसपासमा छायाँकन गरिएको हो।

    चलचित्रलाई दर्शकहरूले मनपराउने कलाकार सलोन बस्नेतको अपेक्षा रहेको छ। यो चलचित्रले नयाँ विषय उठान गरेको दावी गर्दै उनले दर्शकहरूले यो चलचित्र मनपराउने विश्वास व्यक्त गरे। यस्तै, कलाकार मलिका महतले आफूले पहिलो चलचित्रमा काम गर्दा निकै सिकेको बताइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]