खेलकुद

भारत–अष्ट्रेलिया वान डे : बन्याे ७१७ रन, हार्‍याे भारत

फागुन २७, २०७५

    अनपेक्षित र रोमाञचक भिडन्तमा अस्ट्रेलियाले भारतले प्रस्तुत गरेको ३ सय ५९ रनको लक्ष्य पुरा गरेको छ। भारतले प्रस्तुत गरेको विशाल स्कोर १३ बल अगाबै भेटाउँदै पाँच खेलको सिरिजलाई २–२ को बराबरीमा ल्याएको छ। धवनको सतकलाई छाँयामा पार्न पिटर हेन्डस्कम्वको जवाफि शतक र एस्टन टर्नरको विष्फोटक अर्धशत निर्णायक बन्यो।

    चौथो एकदिवसीय खेलमा चण्डीगढमा सर्वाधिक रन चेजको कीर्तिमान बन्यो। भारतलाई ४ विकेटले हराएर सिरिजको निर्णय अन्तिम खेल सम्म धकेल्न अस्ट्रेलिया सफल भयो। अब यि दुई बिचको निर्णायक एकदिवसीय खेल १३ मार्चमा हुने छ। अष्ट्रेलियाको जितमा नायक बनेका पिटर हेन्ड्सकम्बले १ सय ५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै १ सय १७ रन बनाए। पिटरको यो ओडीआई करियरको पहिलो शतक पनि हो। पिटर र उस्मान ख्वाजाले तेस्रो विकेटका लागि १ सय ९२ रनको साझेदारी गर्दै अस्ट्रेलियाको जितको आधार तय गरेका थिए।

    ख्वाजाले ९९ बलमा ७ चौका प्रहार गर्दै ९१ रन बनाउन सफल भए। त्यस्तै एस्टन टर्नरले विष्फोटक ब्याटिङ गर्दै ८४ रन बनाएपछि अस्ट्रेलियाको जित संभव भयो। टर्नरले ४३ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ८४ रनको अविजित इनिङ खेले। एलेक्स केरीले २१ रन बनाए। ग्लेन म्याक्सवेलले १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३, शन मार्श ६ र आरोन फिन्च डक आउट भए। भारतका लागि जसप्रित बुमराहले ३, कुलदिप यादव, युजवेन्द्र चाहाल र भुवनेश्वर कुमारले समान एक विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५८ रन बनायो । ३८ ओभरको चौथो बलमा प्याट कमिन्सले बोल्ड आउट गर्नु अघि धवनले १ सय १५ बलमा १८ चौका र ३ छक्का प्रहार गर्दै १ सय ४३ रनको उत्कृष्ट इनिङ खेलेका थिए। धवनको यो वान डे करियरको १६ औं शतक हो। पछिल्ला १७ खेलमा खराब प्रर्दशन गर्दा आलोचनाको शिकार बनेका धवन फर्म देखिएका छन्। 

    त्यस्तै अर्का ओपनर रोहित शर्माले ९२ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ९५ रनको योगदान दिए । ओपनर धवन र रोहितले पहिलो विकेटका लागि १ सय ९३ रनको साझेदारी गर्दै भारतलाई विशाल योगफल तर्फ लम्काएका थिए। भारतका लागि कप्तान विराट कोहली ७, ऋषभ पन्त ३६, केदार जाधव १०, केएल राहुल र विजय शंकर समान २६ रनमा आउट भए । अष्ट्रेलियाका प्याट कमिन्सले १० ओभरमा ७० रन खर्चेर ५ विकेट लिएका थिए। त्यस्तै झेय रिचड्सन ३ र एडम जम्पाले १ विकेट हात पारे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]