समाज

स्थगित भ्रमण मंगलबारबाट पुन सुरु गर्दै पूर्वराजा

फागुन २७, २०७५

    काठमाडौं :  पूर्व-मुमाबडामहारानी अस्वस्थ भएपछी पूर्वी तराईको भ्रमण स्थगित गरेर काडमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहले पुन आफ्नो भ्रमणलाई निरन्तरता दिने भएका छन्।  गत बुधबारदेखि गर्ने सुरु गर्ने भनिएको भ्रमण स्थगित गरेर काठमाडौं फर्किएका थिए।

    सोमबार पूर्व राजा शाहको सचिवालयले एक विज्ञप्ती जारी गर्दै स्थगित गरिएको भ्रमण पुन निरन्तरता दिन लागेको जनाएको हो। पूर्व राजाले फागुन २९ गतेदेखि धनुषाबाट भ्रमण सुरु गर्ने भएका हुन् । उनलेको सचिवालयमा जारी गरेको विज्ञप्तिमा भनिएको छ 'गत हप्ता स्थगित गरिबक्सेको धनुषा, सर्लाही, उदयपुर र सप्तरी जिल्लाको निजी भ्रमणको कार्यक्रम यही फागून २९ गते धनुषाबाट सूरु गरिबक्सदै छ।'

    पूर्वमुमा बडामहारानी रत्नको स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्वराजा शाहको मधेश भ्रमण अनिश्चितकालका लागि स्थगित भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मुमा बडाबहारानी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन्। उनको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आउँदै गएको अस्पतालले जनाएको छ। ९१ वर्षीया शाहको स्वास्थ्यमा खराबी देखिएपछि मंगलबार अस्पताल भर्ना गरिएको गरिएको थियो।

    पूर्वराजा ज्ञानेन्द्रले बुधबारदेखि जनकपुर केन्द्र बनाएर प्रदेश धनुषा, सर्लाही, उदयपुर र सप्तरीलगायतका जिल्लाहरुमा अवस्थित देवी देवताका मठमन्दिर तथा शक्तिपीठको दर्शन गर्ने कार्यक्रम तय भएको थियो। सो कार्यक्रम अनिश्चित रूपमा स्थगित गरेर काठमाडौं फर्किएका पूर्वराजा फागुन १९ बाट पुनः सुरु गर्न लागेका छन्। यसअघि उनी पोखरा क्षेत्रको भ्रमण तथा शक्ति पीठहरूको दर्शन गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]