खेलकुद

साफ महिला च्याम्पियनसिपमा नेपाल : फाइनलमा तीनपटक, उपाधि शून्य

निरासाका चार संस्करण

फागुन २८, २०७५

    नेपाली महिला फुटबलले त्यो इतिहास त बिर्सने छैन् अब त्यसलाई एउटा सुखद अन्तका लागि प्रयास गर्ने छ। महिला साफ च्याम्पियनसिप सुरु भएको पहिलो संस्करणबाटै नेपाल उपाधि दाबेदार हो टिम रहँदै आएकाे छ। नेपाली महिला टिमले अघिल्ला तीन संस्करणमालगातार फाइनलमा स्थान बनायो। दुर्भाग्य सबै तीन संस्करणमा पराजित भयो। चौंथो संस्करणमा नेपाल थप खस्कियाे र सेमिफाइनलबाटै बाहिरियो। यसअघिका निराशालाई चाैथाे संस्करणमासुखद अन्त्यकाे प्रतिक्षामा छ। निरासापूर्ण विगतको अन्त्यका लागि नेपाल घरेलु मैदानमा आज (मंगलबार) बाट पाँचौ संस्करणको अध्याय सुरुवात गर्दै छ। त्यसैले विराटनगरको शहीद रंगशालामा नेपाल इतिहास बिर्साउँदै आफ्नो स्वर्णीम महिला फुटबलको युग सुरुवातका लागि मैदानमा हुने छ। 

    विराटनगरमा तोडिएला जिंक

    महिला फुटबलमा नेपालले आफ्नाे दाबेदारीलाई कायम राख्दै आए पनि उपाधि हात पार्न भने सकेकाे छैन्।  साफ च्याम्पियनसिपअघि भारतमा भएको हिरो गोल्डकपमा आफुलाई प्रमाणीत गरेकाले यो पटक नेपाल केहि आत्माविश्वासी छ। त्यसको कारण लगातार भारतसँग पराजयको जिंक तोड्न नेपाल सफल भएको छ। हिरो गोल्डकपमा नेपालले भारतलाई पराजित गरेकाले संभवत आफ्नो घरेलु भुमि विराटनगरमा नेपाल आफ्नो साहि रवाफ कायम गर्नका लागि मैदान उत्रने छ। प्रशिक्षक हरि खड्का यो पटक नेपाली महिला फुटबलले लगातारको उपाधि अभियानलाई सफल पार्ने विश्वास राख्छन् ‘हामीले यो पटक इतिहासमै धेरै र लामो अभ्यास गरेका छौं। मैत्रिपुर्ण खेलहरुमा पनि राम्रो भएको छ। एक्सपोज र अभ्यासलाई मान्ने हो भने हामीनै उपाधिमा पहिलो हकदार हुन्छौं।’ उनले खेलाडी छनोटमा पनि उत्कृष्टहरुमा पनि उत्कृष्ट छनोट गरीएकाले यो पटक यसअघि जस्तो निरास संस्करण नहुने विश्वास राखे।

    भारतको रवाफ

    महिला साफ च्याम्पियनसिपको पाँचौ संस्करण आजबाट विराटनगरमा चल्दै गर्दा इतिहास भारतको पक्षमा छ। उसले सँधै आफुमात्र एक्लो प्रतिद्वन्द्विको रूपमा उभ्याएको छ। हुनपनि हो भारत इतिहासको आफ्नो त्यो रवाफ भुल्दैन भने उसले अघिल्ला सबै चार संस्करणको फाइनल यात्रा तय गरेको छ। जसमा तीन पटकलगातार नेपाललाई नै उसले फाइनलमा आफ्नो सिकार बनाएको छ। अघिल्लो संस्करणमा भने भारतलाई हराउँदै बंगलादेशले इतिहास रचेको थियो। त्यसैले भारत अब महिला टीममा आफ्नो परानो संरचनालाई भत्काउँदै केहि नयाँ गर्ने योजनामा छ। प्रशिक्षक म्यामोल रक्की योपटक भारत आफ्ना नियमित लयमा रहेको मान्छिन् । उनी भन्छिन ‘हामी अघिल्ला प्रतियोगिताको अनुभवले खारिएका छौं। तर अब सहज हुने छैन्, हामी जतिसक्दो राम्रो नतिजाका लागि प्रयास गर्ने छौं।’

    यस्ता थिए अघिल्ला संस्करण 

    पहिलो पटक साफ च्याम्पियनसिप २०१० मा बंगलादेशमा आयोजना भएको थियो। जतिबेला नेपाल र भारतले फाइनल खेले। नेपाललाई १–० ले निराश बनाएर भारत च्याम्पियन बन्यो। दोस्रो साफमा पनि नतिजा उस्तै रह्यो। २०१२ मा श्रीलंकामा आयोजना भएको प्रतियोगिता नेपालका लागि थप विष्मयकारी रह्यो। यो अर्थमा नेपालले फाइनलमा उहि भारतविरुद्ध खेल्यो तर नेपालले प्रतियोगितामा सुरुवाती अग्रता जोगाउन सकेन् र ३–१ ले हार्‍यो। उक्त क्षण सम्झँदै तत्कालीन कप्तान अनु लामा भन्छिन् ‘सायद त्यो मेरो फुटबल जिवनकै दु:खद दिन थियो। हामीले अग्रता बनायौं तर समालिन नसक्दा पराजित हुन पुग्यौं।’ त्यसपछि २०१४ को संस्करणमा पनि नेपाल पाकिस्तानमा भएको साफमा फाइनल सम्म पुग्यो। तर नेपालको फाइनल यात्रा निकै दुखद भयो। पुरानै प्रतिद्वन्द्वि भारतसँगै ६–० ले हार्‍यो। तर भारतमा भएको चौंथा संस्करणमा नेपाल फाइनल सम्म पुग्न पनि असफल भयो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]