राजनीति

पूर्वराजा ज्ञानेन्द्र आजदेखि मध्यतराई भ्रमणमा

फागुन २९, २०७५

    काठमाडौं : पूर्व मुमा बडामहारानी रत्न शाह अस्वस्थ भएर अस्पताल भर्ना भएपछि स्थगित पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराई भ्रमण पुनः सुरु हुँदैछ। पूर्वराजा शाहका निजी सचिव फणिन्द्र पाठकका अनुसार पूर्व मुमाबडामहारानीको स्वास्थ्यमा आएको सुधार पछि भ्रमणको नयाँ तालिका बनाइएको हो।

    शाहले बुधबार धुनषाबाट भ्रमण सुरु गर्नेछन्। बुधबार जनकपुरमा बास बसेर उनी बिहीबार उनले सर्लाहीको मलङ्गवामा रहेको दुर्गा मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम छ। त्यहाँबाट बास बस्न ज्ञानेन्द्र जनकपुरमै फर्किनेछन्।

    उनले चैत १ गते जानकी मन्दिरमा पूजापाठ गर्नेछन्। चैत २ गते उदयपुरको गाइघाटमा राधाकृष्ण मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम छ भने ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गरी झापा जाने कार्यक्रम रहेको पाठकले बताए। 

    भ्रमणको क्रममा पूर्वराजा शाहले विभिन्न देवालय, मन्दिर तथा शक्तिपीठहरुमा पूजा अर्चना गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै भ्रमणको क्रममा उनले राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताहरुसँग भेट गरी मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे परामर्श गर्ने कार्यक्रम रहेको उनका निजी सचिव पाठकले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]