राजनीति

रातो हाब्रे संरक्षण शुरु

फागुन २९, २०७५

    रुकुम पूर्व: रुकुम पूर्व मा पाइने संरक्षित वन्यजन्तु रातो हाब्रेको संरक्षण गरिने भएको छ। नेपालको समुदायमा आधारित हाब्रे संरक्षण कार्यव्रmमअन्तर्गत जिल्लामा रातो हाबे्रको अनुसन्धान र अनुगमन गरी रातो हाब्रे संरक्षणको काम शुरु गरिने भएको हो। 

    मानवअधिकार, वातावरण र विकास तथा अनुसन्धान केन्द्र (हुरेडकार्स) नेपालसँगको सहकार्यमा रातो हाब्रे नेटवर्कले रातो सो अभियान शुरु गर्न लागेको हो। जिल्लाका पुथा उत्तरगङ्गा र सिस्ने गाउँपालिकाका विभिन्न जङ्गलमा रातो हाब्रे पाइने गरेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका– २ को मुखाबा, अप्लैजा, सेङखोला, अर्खाजा, निवाबाङमा रातो हाब्रे पाइने गरेको स्थानीय भरतकुमार पुनले बताए।

    यसैगरी सिस्ने गाउँपालिका १ र २ नम्बर वडाको लेकाली क्षेत्रहरु खारा, गुप्ता, सागबारी, डलसिङे, तेलालीचौर, दोबइ लगातका ठाउँमा रातो हाब्रे पाइने स्थानीय हर्कबहादुर बुढाथोकीले बताउनुभयो । जिल्ला समन्वय समिति, सिस्ने र पुथा उत्तरगङ्गा गाउँपालिका, डिविजन वन कार्यालय लगायत जिल्लास्थित सरोकारवाला तथा स्थानीयसँग छलफल पश्चात अनुसन्धानको काम शुरु गरिने बताइएको छ। 

    रातो हाब्रे भए÷नभएको अनुसन्धानपछि रातो हाब्रेको खाना निगालो र उसलाई बस्न अनुकुल वातावरण छ कि छैन भनेर पनि अनुसन्धान गरिने नेटवर्क कार्यव्रmम संयोजक सरोज श्रेष्ठले बताउनुभयो । यसवर्ष जिल्लाको तीनवटै स्थानीय तहमा रातो हाब्रे भए÷नभएको सर्भे गरिने बताइएको छ। 

    अभियानका लागि यस वर्ष रु १३ लाख ८५ हजार ९३० खर्च गरिने हुरेडकार्सका कार्यकारी निर्देशक प्रचण्ड मल्लले बताए। जिल्लामा रातो हाब्रे भएको पुष्टि भएपछि स्थानीय सरकार, समुदाय, विद्यार्थीसँग मिलेर रातो हाब्रे संरक्षणको लागि चेतनामुलक कार्यक्रम गरिने उनले बताए। रातो हाब्रेको चोरी सिकारी बढ्न थालेपछि रातो हाब्रेको संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले अभियान थालिएको मल्लले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]