फिचर

'आत्मविश्वासले अडिएको प्रधानमन्त्रीको स्वास्थ्य'

सन्दर्भ : आज विश्व मिर्गौला दिवस

फागुन २९, २०७५

    काठमाडौं :  मिर्गौला रोग उपचारका लागि पछिल्लो पुस्ताको चर्चित नाम हो डा दिव्या सिंह शाह। शिक्षण अस्पतालको मिर्गौला रोग उपचार विभागकी प्रमुखसमेत रहेकी डा सिंह सात वर्षदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रूपमा स्वास्थ्य परीक्षण गर्दै आएकी छिन्।

    दुवै मिर्गौलाले काम गर्न छोडेपछि १२ वर्ष अघि भारतको एपोलो अस्‍पतालमा मिर्गौला पत्यारोपण गरेका हुन् प्रम ओलीले। दैनिक दौडधूपले गर्दा उनले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा खासै वास्ता नगरे पनि उनको स्वास्थ्यको बारेमा धेरै ख्याल डा शाहले नै गर्छिन्। प्रम ओलीले खाने औषधिदेखि कतै टाढा जानुछ भने उनलाई हुन सक्ने जोखिमबारे उनले ओलीलाई जानकारी गराउने मात्र हैन, ओली कतै टाढा जानुपर्ने छ भने सकेसम्म आफैँ जान्छिन् नभए आफ्नो टिमको केही चिकित्सकलाई सँगै पठाउने गरेको उनी बताउँछिन्। उनले भनिन्, 'उहाँको स्वास्थ्यमा राम्रो ध्यान दिइएन भने जुनसुकै बेला पनि शारीरिक अप्ठ्याराहरू आउन सक्छन् जसले गर्दा सकेसम्म उहाँसँग म आफैँ जान्छु नभए हाम्रो टिमको साथीहरू जानुहुन्छ।'

    आत्मविश्वासले अडिएको प्रधानमन्त्रीको स्वास्थ्य

    १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको नजिकबाट हेर्दै आएकी छन् डा शाह स्वास्थ्य अवस्था निकै कमजोर रहेका प्रधानमन्त्री ओलीले कहिल्यै आफू बिरामी भएको अनुभव नगरेको र उनको आत्मविश्वास देख्दा आफूलाई अचम्म लाग्‍ने गरेको डा शाह बताउँछिन्। उनले भनिन् 'मैले चिकित्सकको नाताले उहाँलाई एक बिरामीको रूपमा हेर्दा उहाँको आत्मविश्वा देख्दा मलाई यति खुसी लाग्छ आजसम्म मैले हेरेका बिरामीमध्ये उहाँमा जस्तो आत्मविश्वास कमैमा देखेँ।'

    धेरै व्यस्त दैनिकले गर्दा ओलीले आफ्नो स्वास्थ्यलाई नियमित परीक्षण गर्न खासै भ्याउँदैनन् तर उनको नियमित परीक्षण मात्रै हैन दैनिक स्वास्थ्य अवस्थामा डा शाहले आफैँ सचेत गराउँछिन्। केही दिनअगाडि मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्‍सप्‍लान्ट सेन्टरमा पुगेर पूर्ण चेक गरिएको थियो। अक्सर मिर्गौला प्रत्यारोपण गरिएका बिरामीलाई मिर्गौलामै समस्या आउनुभन्दा पनि विभिन्न खालका संक्रमणहरू हुने जोखिम हुने गर्छ केही वर्ष अगाडि पनि ओलीलाई मेनेन्जाइटिस देखिएको थियो। उनको स्वास्थ्यमा जटिल प्रकारका केही पनि स्वास्थ्य समस्या नभए पनि धेरै ठाउँमा गइरहने भएकाले संक्रमणहरूको भने जोखिम हुने डा शाहले बताइन्। उनले भनिन्, 'उहाँको हालको स्वास्थ्यमा हाल कुनै जटिलता नभए पनि उहाँ धेरै ठाउँमा गइरहेने भएर संकरमणहरुको भने एकदम धेरै जोखिम हुन्छ जसले गर्दा हामीले उहाँ सके सम्म संक्रमणबाट बचाँउने कोसिस गर्छौं।'

    मिर्गौला प्रत्यारोपण गरेका बिरामीले ६ महिनामा एकपटक सम्पूर्ण स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ तर ओली जस्तो प्रत्यारोपण गरेर पनि व्यस्त जीवनशैली भएका व्याक्तिले सकेसम्म तीन महिनामा एकपटक होलबडी परीक्षण गर्नु राम्रो हुने शाहको सुझाव छ।

    आफ्नो स्वास्थ्यका लागि खासै ध्यान दिँदैनन् ओली

    मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरू स्वस्थ छन् भने ती बिरामीहरूमा पुन मिर्गौलामा समस्या समस्या आउँदैन। तर, अन्य संक्रमणहरूको भने  धेरै जोखिम हुन्छ। जसले गर्दा खानपानदेखि शरीरलाई धेरै आराम दिनुपर्ने हुन्छ। तर १२ वर्षअगािडि मिर्गौला पत्यारोपण गरेका ओलीले आफ्नो स्वास्थ्यलाई भन्दा पनि कामलाई धेरै ध्यान दिने गरेको डा. शाह बताउँछिन्। ओलीको खानपानमा श्रीमती राधिका शाक्यले विशेष ख्याल गर्ने भए पनि शरीरलाई आराम दिन ओलीले नसक्ने डा शाह बताउँछिन्। मिर्गौला प्रत्यारोपण गरेका बिरामीको लागि दैनिक कम्तीमा सात आठ घन्टा आराम गर्नुपर्ने भए पनि ओली राति ढिलासम्म बस्ने बताउँछिन् शाह। उनले भनिन्, 'हालै आफूलाई खासै समय दिनुहुन्न राति अबेरसम्म बस्नुहुन्छ दैनिक दौडधूप गर्नुहुन्छ जसले गर्दा उहाँलाई आराम मिल्दैन।'

     कस्तो हुनुपर्छ मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको जीवनशैली?

    नेपालमा कुल जनसंख्याको झण्डै १० प्रतिशत अर्थात् झण्डै ३० लाखभन्दा बढी व्यक्तिमा कुनै न कुनै रूपमा मिर्गौलासम्बन्धी रोग लागेको हुन्छ। ग्रसित ३० लाखमध्ये १० प्रतिशत अर्थात् ३ लाख नेपालको अलि कडा किसिमको मिर्गौला रोग लागेको पाइन्छ। त्यसको १९ प्रतिशत अर्थात् ३० हजार मानिसको मिर्गौला फेलियर हुने अवस्थामा पुगेको छ। र त्यसको पनि १० प्रतिशत अर्थात् ३ हजार मानिसको वर्षमा मिर्गौला फेलियर हुने र प्रत्यारोपण नै गर्नुपर्ने अवस्थामा पुगेको छ।

     मिर्गौलामा देखिने दीर्घकालीन समस्या मिर्गौला भित्रकै रोगको कारणले पनि हुनसक्छ। तर, त्योभन्दा बढी उच्च रक्तचाप भएका व्यक्तिलाई, मधुमेह रोग भएका व्यक्तिलाई हुने सम्भावना बढी हुन्छ।

    त्यस्तै, रोग प्रतिरोधात्मक शक्तिमा कमी ल्याउने रोगबाट ग्रसित व्यक्तिमा जस्तैः एचआइभी, एड्स हेमाटाइटिस ‘बी’ र ‘सि’ वा लामो समयसम्म भाइरसको संक्रमण भएको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। त्यस्ता व्यक्तिको मिर्गौलामा संक्रमण देखा पर्नसक्छ। मिर्गौलामा संक्रमण देखिको लामो समय पछि मिर्गौलाले काम गर्न छोड्ने गर्छ।

    त्यसपछि अर्को मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ। तर, प्रत्यारोपण गरेपछि स्वास्थ्यमा विशेष निगारानी गर्नुपर्ने  डा शाह बताउँछिन्। प्रत्यारोण गरेका व्यक्तिले दैनिक आठ घन्टा आराम गर्ने धेरै चिसो खानेकुरा तथा बासी खानेकुरा खानुहुँदैन। यस्ता बिरामीलाई बिभिन्न खालका संक्रमण हुने उच्च जोखिम हुने संक्रमणबाट जोगिनुपर्ने डा शाह बताउँछिन्।

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]