धनकुटा : के तपाईं धनकुटा आउनुभएको छ? यदि आउनुभएको छ भने यहीँ उत्पादन भएको नरिवल बिस्कुट पक्कै खानुभयो होला वा आउँदै हुनुहुन्छ भने&n...
काठमाडौं : खानेपानी मन्त्री बीना मगरले ग्रामीण क्षेत्रमा जलाशययुक्त तथा लिफ्टिङ ग्राभिटी खानेपानी योजनाका साथै शहरी क्षेत्रमा २४ सै घण्टा प्रशोधित खानेपानी योजना र फोहर पानी प्रशोधित योजनामा सहयोग गर्न विश्व बैंकलाई आग्रह गरेकी छन्। विश्व बैंकको प्रतिनिधिमण्डलसँग बुधबार सिंहदरबारमा भएको छलफलमा उनले हिमाली क्षेत्रमा स्प्रिङ वाटरको सम्भाव्यता खोजी गर्नसमेत आग्रह गरिन्।
तीन वर्षभित्र आधारभूत खानेपानीको सुविधा पुर्याउन मन्त्रालय योजनाका साथ लागिरहेको उनको भनाइ थियो। मगरले सबैका लागि आधारभूत र सुरक्षित पिउने पानीमा सर्वसुलभ पहुँच पुर्याउन सरकारले योजनाका साथ काम गरिरहेको बताइन्।
खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले योजना बैंक बनाएर अघि बढ्नुपर्ने भएकाले विश्व बैंकसँग सधैँभरि सहकार्य गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाए। विश्व बैंकका निर्देशक स्टेभन स्कनबर्गरले खानेपानी तथा सरसफाइका क्षेत्रमा नेपाल सरकारसँग सहकार्य गर्न विश्व बैंक सधैँ तयार रहेको बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।