इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासमाथि सैन्य दबाब बढाउने चेतावनी दिएका छन्। भिडियो वक्तव्य जारी गरी  ...
भारतको मुम्बईमा आकाशे पुल भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ।
मुम्बईको रेल स्टेसन नजिकै पैदलयात्रीका लागि बनाइएको पुल भत्किँदा अन्य ३० जनाभन्दा बढी घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
छत्रपति शिवाजी स्टेसनको पुल बिहीबार स्थानीय समयअनुसार साँझ ७ः३० बजे भाँचिएको हो। भारतको वाराणसीमा एक वर्षअघि यस्तै पुल भत्किँदा १८ जनाको मृत्यु भएको थियो ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुल भाँचिएर मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नभिसले दुर्घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न निर्देशन दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।