समाज

बालविवाहमा संलग्न तीनजना पक्राउ

चैत १, २०७५

    सल्यान : बालविवाह गर्ने र गराउने खाजेको आरोपमा जिल्ला प्रहरी कार्यालय तीन जनालाई पक्राउ गरेको छ। बालविवाह हुन लागेको सूचनाका आधारमा खैरावाङ मन्दिर परिसरबाट तीन जनालाई पक्राउ गरेको हो। 

    शारदा नगरपालिका २ मेलघारीका बेहुला २० वर्षीय खुमबहादुर वली १५ वर्षीया बेहुली र बेहुलाकी आमा ३८ वर्षिया दुजी वलीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। 

    मन्दिरमा विवाहका लागि मण्डपमा बस्दै गर्दा उनीलाई बिहीबार पक्राउ गरिएको शाहीको भनाइ छ। बालविवाह हुन लागेको खबर पाउनेबित्तिकै शारदा नगरपालिका–२ का वडाध्यक्ष केशवसिंह श्रेष्ठले खैरावाङ मन्दिरका पुजारी दिनबन्धु शर्मालाई फोन गरी बालविवाह रोक्न आग्रह गरेका थिए। सूचनाको आधारमा मन्दिरमा पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले वालविवाहमा संलग्न रहेको आरोपमा दुलाहा, दुलही र दुलाहाकी आमालाई पक्रेको हो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

    उनीहरूलाई बालविवाहको उद्योग गरेको कसुरअन्तर्गत मुद्दा प्रक्रिया अघि बढाउने प्रहरीले बताएको छ। बालविवाहविरुद्ध कानुनी प्रक्रिया सुरु गरेर मुद्दा दर्ता गरिएको यो जिल्लाको पहिलो घटना हो।

    बालविवाह गर्नेलाई तीन वर्षसम्मको कैद र ३० हजार रुपैयाँ सम्मको जरिवाना गर्न सकिने काननुमा उल्लेख छ भने उद्योग सञ्चालन गरेको ठहरेमा त्यसको आधा सजाय हुने उल्लेख छ। कर्णाली प्रदेश सरकारको एक प्रतिवेदन अनुसार सल्यान जिल्ला कर्णाली प्रदेशमै सबैभन्दा बढी बालविवाह हुने जिल्लामा पर्छ ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]