समाज

सडक निर्माणमा लापरबाही, गुणस्तरहीन साम्रगीको प्रयोग

चैत २, २०७५

    गुल्मी : कालिगण्डकी गाउँपालिकाको केन्द्र पूर्तिघाटदेखि फोक्सिङसम्म जोडने सडक निर्माणमा गुणस्तरहीन साम्रगी प्रयोगमा आएको खुलेको छ। जिल्ला समन्वय समिति गुल्मीका प्रमुख सहितको टोलीले अनुगमन गर्ने क्रममा गुणस्तरहीन साम्रगीको प्रयोग भएको पाइएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताए।

    पराजुलीका अनुसार सडक निर्माणमा कमेरो माटो मिसिएको  मापदण्डभन्दा फरकको गिटी र गुणस्तरहीन साम्रगीहरु प्रयोग भएको, निर्माण भएको नाली पनि  गुणस्तरीय भएको पाइएको भन्दै निर्माणमा लापरबाही भएको बताए। राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यन्वय इकाई गुल्मीबाट रु १० करोड ८३ लाखमा १२.५ किलोमिटर सडक निर्माण गर्ने गरी सिहं एण्ड बर्दश तुल्सीभक्त्त पीआर जेभी बालकुमारी ललितपुर संग २०७५ बैशाख २८ गते सम्झौता भई  २०७६ साउन २८ गते सम्पन्न गर्ने गरी सम्झौता भएको कार्यलयले जनाएको छ। 

    कार्यालयका इन्जीनियर पारस पन्थीका अनुसार निर्माणमा गुणस्तरहिन साम्रगी प्रयोग गर्न नहुने भन्दै त्यसको बारेमा अनुसन्धान र फिल्डमा प्रयोगभएको साम्रगी हेरी आवश्यक कारवाही गरेरै छाड्ने दाबी गरे। निर्माण लापरबाही गर्ने र गुणस्तरहिन साम्रगीको प्रयोग गर्ने कसैलाई अधिकार नभएको भन्दै निर्माण कार्य रोक्नसमेत सकिने बताए। 

    यता, सो निर्माणको जिम्मा पाएका  आधिकारिक व्यक्ति गगन केसीले भने निर्माणमा गुणस्तरहीन कार्य गर्ने हाम्रो नियत नभएको भन्दै यदि कहीँकतै नियतबश नभई कार्य गर्ने क्रममा कहीँ कतै गल्ती भएको पाइएमा सुधार गर्दै लैजाने बताए। केसीले निर्माण भएको सडकमा स्थानीयहरुलाई पनि निगरानी राख्न आग्रहसमेत गरेका छन्। यदि यसरी गुनासो आईराखेको सन्र्दभमा आफूलाई पनि दुःख लागेको भन्दै आगामी दिनहरुमा यस्ता गल्तीहरु नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

    यता कालिगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले पालिकाभित्र निर्माण हुने कार्यहरुमा गुणस्तरहीन कार्य गर्ने अधिकार कसैलाई नभएको भन्दै सत्यतथ्य बुझी आवश्यक कारबाही गर्ने दाबी गरिन्।

तिलाचन पाण्डे

पाण्डे थाहा खबरका गुल्मी समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]