राजनीति

संसद बैठक : द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक प्रधानमन्त्रीले टेबुल गर्दै

चैत ३, २०७५

    काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ। आइतबार अपराह्न ३ बजे बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक, २०७५ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

    राष्ट्रिय प्राथमिकता प्राप्त पूर्वाधार निर्माणलाई तीव्रता दिँदै आर्थिक विकासलाई अघि बढाउने उद्देश्यसहित विधेयक ल्याएको सरकारको दाबी छ। विधेयकमा राष्ट्रिय प्राथमिकता प्राप्त कुनै पनि आयोजना निर्माणका लागि अब सोझै निर्माण कम्पनीसँग वार्ता गर्न सकिने व्यवस्था गरिएको छ। 

    विधेयक पारित भएपछि मुआब्जामाथिको विवाद र प्रक्रिया समेत अन्त्य हुने सरकारको दाबी छ। मुआब्जा विवादका कारण धेरै राष्ट्रिय आयोजनाको समय तालिका प्रभावित हुँदै आएको छ।  पीडित पक्षले पनि अब यसअघि झेल्दै आएको झन्झटिलो प्रक्रियाको सामना गर्न नपर्ने सरकारको भनाइ छ। 

    विधेयकमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले बैंक खातामार्फत मुआब्जा लिन सक्ने व्यवस्था गरिएको छ। यस्तै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पारमाणविक विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]