समाज

पाँच वर्षअघि सुरु गरिएको नगरपार्क अझै अलपत्र

चैत ३, २०७५

    ओखलढुंगाः पाँच वर्षअघि सुरु गरीएको नगरपार्क अलपत्र अवस्थामा रहेको छ। पञ्च वर्षीय योजना भए पनि पाँच वर्षमा सय मिटर बाटो र दुईवटा ट्रष्ट निर्माण भएका कारण पार्क निर्माण अलपत्र परेको हो।

    जिल्ला सदरमुकाम ओखलढुंगाको गुइने डाँडामा निर्माण गर्न लागिएको ओखलढुंगा नगरपार्कको पाँच वर्षमा सय मिटर बाटो र दुईवटा ट्रष्ट मात्र निर्माण सम्पन्न भएको छ। तत्कालीन सिद्धिचरण नगर विकास समितिले सदरमुकाममा केही गरौँ भन्ने उद्देश्यका साथ सुरु गरेको नगरपार्क पाँच वर्षसम्म पनि अलपत्र अवस्थामै रहेको छ।

    सदरमुकामका विभिन्न स्थानमा जग्गा अवलोकन गर्दा पार्कका लागि उपयुक्त जग्गा नभेटिएपछि गुइने डाँडामा १३ रोपनी जग्गामा नगरपार्क निर्माण गर्न थालिएको हो। तर, विगतमा विविध समस्याका कारण पार्क निर्माणमा ढिलाइ भएको तत्कालीन नगरविकास समितिका अध्यक्ष तथा सिद्धिचरण नगरपालिका-११ का वडा अध्यक्ष विनोदकुमार केसीले बताए।

    नगरपार्कका लागि आर्थिक वर्ष ०७०\०७१ मा १५ लाख, ०७१\०७२ मा ८ लाख, ०७३\०७४ मा ४० लाख र ०७५\०७५ मा १५ लाख गरी ७८ लाख बजेट विनियोजन भएको भए पनि पार्कको काम अलपत्र अवस्थामा रहेको छ। २०७० सालदेखी अहिले सम्मको ७८ लाख वजेटबाट पार्क निर्माण स्थलको १३ रोपनी जग्गामा घेराबार, दुईवटा ट्रष्ट निर्माण र पार्क प्रवेशका लागि १०० मिटर सिंडी निर्माण गरिएको भए पनि पार्कमा अन्य संरचना केही बनाइएको छैन।

    सिद्धिचरण राजमार्ग देखी नजिक भएका कारण यात्रुहरुलाई समेत लक्षित गरी निर्माण थालिएको पार्क ५ वर्ष सम्मपनि निर्माण सम्पन्न हुन नसक्दा पार्क निर्माणमा अनियमीतता भएको हुन सक्ने स्थानीयको आरोप छ। पार्क निर्माण थालेको देखिएको भए पनि आफूहरूसँग समन्वय नगरेको र कति बजेट केका लागि खर्च भएको कुनै जानकारी नभएको स्थानीय युवराज राईको भनाइ छ।

    पार्क निर्माण ढिलाइ हुनमा स्थानीय तथा प्रदेश र संघीय निर्वाचनले समेत असर पारेको र त्यो समयको प्राप्त ४० लाख बजेटसमेत फ्रिज भएर फर्केको कारण निर्माणमा ढिलाइ भएको वडा अध्यक्ष केसीले बताए।

     आर्थिक वर्ष ०७५\०७६ का लागि पार्क निर्माणमा संघीय सरकारबाट ५० लाख र प्रदेश सरकारबाट १ करोड बजेट विनियोजन भए पनि भवन डिभिजनले ठेक्काको टेण्डर आह्‍वान नगर्दा काममा ढिलाइ भएको वडा अध्यक्ष केसीको भनाइ छ। टेण्डर लागिसके पछि यो वर्ष पार्कको निर्माण सम्पन्न गर्ने उनले बताए।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]