राजनीति

लहानमा सिके राउत नेतृत्वको गठबन्धनको राष्ट्रिय परिषद् बैठक जारी

चैत ३, २०७५

    लहान : सरकारसँग पछिल्लो फागुन २४ गते गते भएको ११ बुँदे सहमतिको विषयमा छलफल गर्न सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा शुरु भएको छ।

    गठबन्धनका तर्फबाट संयोजक राउतले सरकारसँग गरेको ११ बुँदे सहमतिपछि अगामी रणनीतिको विषयमा छलफल गर्न आइतबार दिउँसो साढे १२ बजे शुरु भएको परिषद्को बैठक अहिलसम्म जारी रहेको छ। बैठकमा तराई मधेसअन्तर्गत २२ जिल्लाका गठबन्धनका करिब दुई सय जना परिषद् सदस्यहरू सहभागी रहेको परिषद्का सदस्य सुदीपराज कुशवाहाले जानकारी दिए।

    लहान नगरपालिका ७ स्थित मारवाडी सेवा सदनको तेस्रो तलाको सभाकक्षमा जारी बैठकको संयोजक सिके राउतले पानसमा बत्ती बालेर उद्घाटन गरेको तस्वीर राउत स्वयं र कुशवाहाले सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। बैठकमा सहभागी हुन राउत आइतबार बिहान करिब १० बजेतिर पिएसओ र सीमित कार्यकर्तासहित लहानस्थित सदनमा आइपुगेका थिए। बैठकमा सहभागीहरूलाई सदनमै खाने बस्ने व्यवस्था गरिएकाले कार्यकर्ताहरू भित्र-बाहिरसमेत गरेका छैनन्।

    बैठक स्थलभित्र सञ्चारकर्मीलाई पनि प्रवेश निषेध गरिएको छ। सदनको मूल गेटमा बसेका गठबन्धनका कार्यकर्ताले विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरूको झोला, शरीर खानतलासी गरी आधिकारिक परिचय पत्र देखाएपछि मात्र प्रवेश गर्न दिएका थिए। परिषद् बैठकमा सहभागी हुन आएका सहभागीहरूलाई सदनको मूल गेटमै नागरिकता अनिवार्य गरिएको विषयमा कुशवाहाले आधिकारिक परिचय यकिन गर्न मात्र नागरिकता हेरिएको दावी गरे।

    गठबन्धनका तर्फबाट संयोजक राउतले सरकारसँग गरेको ११ बुँदे सहमतिपछि आयोजित बैठकको पहिलो दिन हरेक जिल्लाबाट सहमतिको विषयमा आ-आफ्नो धारणा राखिरहेको कुशवाहाले बताए। सहमतिको विषयमा सहभागीहरूको धारणा आएपछि आगामी रणनीति तय गरी सोमबार रातिसम्म बैठक समापन गरिने उनले बताए।

    सरकारसँगको सहमतिपछि पहिलो पटक जनकपुर आएका राउतलाई गठबन्धनका कार्यकर्ताले गरेको स्कर्टिङ, गठबन्धनको पक्षमा प्रदर्शन गरिएको झण्डा ब्यानर भने लहानमा केही देखिएन। बैठक स्थलमा पनि कुनै झण्डा ब्यानर टाँगिएको छैन। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आधा/आधा गरी करिब एक दर्जन प्रहरीहरू पनि सदनको बाहिरी भागमा सामान्य सुरक्षाका लागि खटिएका छन्। संयोजक राउतलाई मंगलबार बिहान लहानस्थित शहीद चोकमा नागरिक अभिनन्दन गरिएको कार्यक्रम रहेको कुशवाहाले उल्लेख गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]