काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (मंगलवार) दोहोरो अङ्कले बढेको छ। आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर २ हजार ४१ दश...
काठमाडौं : संसदको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटमा पूर्वतयारी सम्पन्न नभएका आयोजना प्रस्ताव नगर्न मन्त्रालयहरुलाई निर्देशन दिएको छ। महालेखा परीक्षक र सचिवहरूले समेत पूर्वतयारी विनाको आयोजनाको कारण पुँजीगत खर्चमा समस्या देखिएको बताएपछि समितिले यस्तो निर्देशन दिएको हो।
सोमबार बसेको समितिको बैठकले चालु आर्थिक वर्षभित्रै बजेट कार्यान्वयनका लागि आवाधिक नियमावली, निर्देशिका र कार्यविधि बनाउन निर्देशनसमेत दिएको छ।समितिले हरेक दिन आयोजना कार्यान्वयनको प्रगति विवरण राख्न के गर्न सकिन्छ ? नीतिगत र कानूनी समस्या के छ भन्ने विषयमा १५ दिनभित्र जानकारी गराउन अर्थ मन्त्रालयलाई निर्देन दिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।