रुसले युक्रेनमा सम्भावित शान्ति पहलबारे जारी वार्तामा संलग्न नभएको प्रतिक्रिया दिएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वार्तामा...
भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धीले सोमबारदेखि गंगायात्रा शुरु गरेकी छन।
उत्तर प्रदेशको मैयाघाटमा पर्ने प्रयागराजबाट डुङ्गामा चढेर प्रियंकाले तीन दिने यात्रा शुरु गरेकी भारतीय सञ्चार माध्यमहरूले जनाएका छन। उनको यात्रा काशीसम्म हुनेछ।
‘गंगा मैयाले हामीलाई आर्शिवाद दिनुहुने छ, उहाँ धेरै दयालु हुनुहुन्छ’, महासचिव प्रियंकाले पत्रकारहरूसँग भनिन। उनले गंगा यात्राको पहिलो दिन बादे हनुमानजी मन्दिरका भक्तालु र त्रिवेणी संगमका तिर्थालुहरूसँग यात्रा गरेकी थिइन। यात्राका क्रममा उनी डुम्डामाघाट, सिर्साघाट, लोकशाग्रिहघाट र सीतामार्हीघाट लगायतका ठाउँमा रोक्दै जाने बताइएको छ।
प्रियंकाको साथमा पार्टी प्रवक्ता अखिलेश प्रताप सिंह, विधान सभा सदस्य आरधाना मिश्र, संघीधावित्रि बाइ फुले र केही विद्यार्थीहरू सहभागी भएका छन।
फुले सन् २०१४ को निर्वाचनबाट लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीबाट निर्वाचित सांसद हुन र अहिले भने कांग्रेस पार्टीमा प्रवेश गरेकी छन। यही मार्च २ तारिखका दिन उनी कांग्रेस प्रवेश गरेकी हुन।
गान्धीको यो यात्रालाई जनताका बीचमा जाने माध्यमका रूपमा लिइएको छ। आम नागरिकलाई राजनीतिक नेताहरूले प्राथमिकता नदिने गरेको भन्दै उनले जनतासँग संवाद गर्ने बताएकी छन।
भ्रमणका क्रममा उनले माझी र नदिका छेउछाउमा रहेका नागरिकसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। ‘यो एक पक्षीय मन्तव्य सुनाउने यात्रा हुनेछैन, जनतासँग दोहोरो छलफल र वार्ता हुनेछ’, उत्तर प्रदेशका कांग्रेस अध्यक्ष राज बाब्बारले ट्वीटरमा लेखेका छन।
यात्रामा आम नागरिकसँगको संवादलाई प्राथमिकता दिइएकाले ‘सच्ची बात, प्रियंकाके साथ’ भन्ने नारा तय गरिएको छ।
स्टीमर डुङ्गाबाट हुने उनको यो यात्रा झण्डै १४० किलोमिटर लामो हुने नेताहरूले बताएका छन। भारतको उत्तर प्रदेशमा आगामी अप्रिल ११ देखि मे २३ सम्म विभिन्न चरणमा मतदान हुने तय भएको छ।
प्रियंकाको यो यात्रा मुख्यतः लोकसभा निर्वाचनको प्रचार प्रसारलाई मध्यनजर गरेर भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।