काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भियतनामी नेता होचिमिन्हबाट निकै प्रभावित भएको बताएका छन।
प्रधानमन्त्री ओलीसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका राजदूत फाम सान्ह चाउले गरेको मंगलबारको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन।
राजदूत चाउ शिष्टाचार भेटका लागि प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए। त्यस अवसरमा नेता हो चि मिन्हका बारेमा धेरै पुस्तक अध्ययन गरेको प्रधानमन्त्रीले स्मरण गरेका थिए।
मिन्ह विश्व चर्चित भियतनामी कम्युनिस्ट नेता थिए। उनी भियतनाम कम्युनिस्ट पार्टीका अध्यक्ष र महासचिव बनेका थिए भने उत्तर भियतनामको प्रधानमन्त्री र राष्ट्रपति पनि बनेका थिए।
प्रधानमन्त्रीले नेपाल र भियतनामबीच विविध क्षेत्रमा समानता रहेको तथा विद्यमान सुमधुर सम्बन्धलाई थप उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका थिए।
भेटमा राजदूत चाउले भियतनाम तथा नेपालले प्राप्त गरेका सफलता तथा अनुभव आपसी हितमा प्रयोग गर्न सकिने बताएका थिए। उनले भियतनामले छोटो समयमा नै मुलुकको आर्थिक विकास, व्यापार प्रवर्धन, पर्यटन, कृषि, सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमा सफलता हासिल गरेको बताएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।