समाज

जनकपुरमा गुन्जियो जोगिरा सररर...

चैत ६, २०७५

    जनकपुरधाम :

    जोगिरा सरररर...
    शिव मठ पर राम खेलैया होली,
    शिव मठ पर,
    किनका के हात कनक पिचकारी,
    किनका हात अबिर झोरी हो...

    मंगलवार जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गण यस्तै सुमधुर गीतले गुन्जिरह्यो। तराई/मधेशमा उत्साहका साथ मनाइने होलीको अवसरमा प्रत्येक वर्ष मनाइने होरी महोत्सवमा यस्ता दजर्नौं होरी गीत र जोगिरा पस्कनेहरुको लावालस्कर नै लागेको थियो। 

    गत वर्षमा झैँ यस वर्ष पनि मिथिला नाट्यकला परिषद् (मिनाप)ले जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गणमा मंगलबार प्रदेश २ का विभिन्न जिल्लाको होरैया टिमहरुको सहभागितामा प्रतियोगितात्मक होरी महोत्सव २०७५ को आयोजना भएको हो।

    मिथिलाञ्चलमा लोप हुँदै गइरहेको जोगिरा गीत (फागु गीत) संरक्षण गर्ने उद्देश्यले मिनापले आयोजना गरेको दुई दिवसीय होली महोत्सवअन्तर्गत जोगिरा गायन प्रतियोगिता सम्पन्न भयो। दुई राउण्डमा खेलाइएकोमा प्रतियोगितामा तीन जिल्लाका सात वटा टोलीको सहभागिता रहेको थियो।

    प्रतियोगितामा निजानन्द मण्डली जमुनीवास, गिद्धा बेलापट्टी, राजविराज सप्तरी, धनुषाधाम मंगलपुर, पिपरा महोत्तरी, हरिहरपुर र बेला टिमले सहभागिता जनाएका थिए। जसमध्ये निजानन्द मण्डली जमुनीवास प्रथम पुरस्कार जित्न सफल भयो।

    त्यस्तै, दोस्रो पुरस्कार राजविराज सप्तरी र तेस्रो पुरस्कार हरिहरपुर टिमले हात पार्‍यो। जोगिरा गायन प्रतियोगिताको विजेता टोलीले ६ भरीको चाँदीको शिल्ड, उपविजेताले ४ भरीको चाँदीको शिल्ड र तस्रो टोलीले ३ भरीको चाँदीको शिल्ड प्रदान गरिएको छ।

    प्रतियोगीतामा सहभागी प्रत्येक समूहले परम्परागत मौलिक होरैया गीत गाउँदै नाच समेत प्रदर्शन गरेका थिए। प्रत्येक समूह मधेश र मिथिलाको पहिरनमा सहभागिता जनाएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]