काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
ओखलढुंगा : ओखलढुंगा सेवा समाज जापानबाट मिर्गौला पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ। रोजगारी सिलसिलामा जापानमा रहेका युवाको सक्रियतामा संकलन गरिएको आर्थिक सहयोग सुनकोसी गाउँपालिकास्थित सिस्नेरीकी १५ वर्षीया मृगौला पीडित बालिका भेषकुमारी थापालाई प्राप्त भएको हो।
ओखलढुंगा सेवा समाज जापानका अध्यक्ष सन्तोष बानियाँ, उपाध्यक्ष सुरेस घिमिरे, सचिव फडिन्द्र पोखरेल र कोषाध्यक्ष बिमल कार्कीको सक्रियतामा संकलन गरिएको ६० हजार १०० रुपैयाँ मिर्गौलापीडित भेषकुमारीलाई प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले हस्तान्तरण गरेका हुन्। मिर्गौलापीडित भेषकुमारी लामो समयदेखि टिचिङ अस्पचालमा उपचाररत छिन्। बिरामीको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग पुगोस् भनेर आफूहरूले कमाएको श्रमको केही हिस्सा सहयोग पठाएको उपाध्यक्ष सुरेश घिमिरेले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।